लायन्स पोखरा युनाइटेड चौतारीमा जयन्द्र राजभण्डारी

पोखरा, २० चैत्र /लायन्स क्लव अफ पोखरा युनाइटेड चौतारीको शनिबार सम्पन्न निर्वाचनले जयन्द्र कुमार राजभण्डारीको अध्यक्षतामा सन् २०१६÷ १७ कालागि नयाँ कार्यसमिती चयन गरेको छ ।

लायन्स पोखरा युनाइटेड चौतारीमा जयन्द्र राजभण्डारी
लायन्स पोखरा युनाइटेड चौतारीमा जयन्द्र राजभण्डारी

नवगठित कार्यक्रम समितिको प्रथम उपाध्यक्षमा शान्त बहादुर थापा , द्धितिय उपाध्यक्ष सुक बहादुर गुरुगं, तृतिय उपाध्यक्ष नविन गुरुगं, सचिव जयराम आचार्य कोषाध्यक्ष नरहरी पनेरु, सह सचिव सुरेन्द्र राज गिरी, सहकोषाध्यक्ष गणेश गुरुङ रहेका छन् ।

त्यसैगरी टेमरमा शिव थापा, टेल ट्वीष्टरमा सागर उदास, पिआरो प्रमुखमा परमेश्वर बहादुर कार्की, मेम्बरसिप चेयर पर्सन लिलाधर अधिकारी, निर्देशकहरुमा दिपक राज बराल, लालकाजि गुरुगं, लोक बहादुर थापा, विष्णु बहादुर भुजेल र नरजंग थापा रहेका छन् ।

क्लबका अध्यक्ष कमल बहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निर्वाचन संयोजक राजु श्रेष्ठ र संस्थापक बालकृष्ण शर्मा, पूर्व अध्यक्ष हिमालय बख्रेल, लगायतले नवनिर्वाचित कमिटिका पदाधिकारीहरुलाई बधाइ ज्ञापन गर्दै कार्यकालको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

नव निर्वाचित अध्यक्ष जयन्द्र राजभण्डारीले क्लबको गरीमा उच्च राख्न प्रयासरत रहने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा शान्त बहादुर थापाले धन्यवाद ज्ञापन गरेका थिए भने संचालन सचिव सुक बहादुर गुरुङले गरेका थिए ।

कमेन्टहरु
Loading...