लायन्स क्लब अफ पोखरा सुन्दर नगरीको अध्यक्षमा पौडेल

पोखरा, २० चैत्र /विगत चार वर्ष देखि समाजसेवाको क्षेत्रमा सक्रिय रहदै अएको लायन्स क्लव अफ पोखरा सुन्दर नगरीको लायन वर्ष २०१६÷१७ का लागि लायन महेश पौडेलको अध्यक्षतामा सर्वसम्मत रुपमा कार्यसमिति निर्वाचित गरेको छ ।

त्यसै गरी प्रथम उपाध्यक्षमा लायन शिव थापा मगर, द्धितीय उपाध्यक्षमा लायन शिव थापा मगर, तृतीय उपाध्यक्षमा लायन यज्ञराज पौडेल, सचिवमा लायन रामेश्वर अधिकारी, कोषाध्यक्षमा लायन धर्मवन्धु सुवेदी, सह–सचिवमा लायन दिपेन्द्र सुवेदी, सह–कोषाध्यक्षमा लायन बाबुराम पाण्डे, मेम्वरसिप चेयरपर्सनमा लायन पदम बहादुर ढकाल, पिआरओमा लायन नेत्र सुवेदी, टेमरमा लायन पोषराज पौडेल, टेल टुईष्टरमा लायन टुक बहादुर थापा चयन हुनुभएको छ ।

साथै निर्देशकहरुमा लायन राजु गुरुङ, लायन शुसिल लम्साल, लायन चुणामणि सुवेदी, लायन शिव प्रसाद गौतम, लायन चुणामणि सुवेदी चयन हुनुभएको छ । उक्त कार्यक्रमका प्रमुख अतिथि जोन चेयरपर्सन लायन राजु श्रेष्ठले क्लबले समाजसेवाका क्षेत्रमा गर्दै आएको कार्यको प्रंशसा व्यक्त गर्दै वर्ष २०१६÷१७ को निवार्चित कार्यसमितिको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

क्लबका अक्ष्यक्ष लायन तोयराज अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रथम उपाध्यक्ष लायन महेश पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन सचिव लायन यज्ञराज पौडेलले गर्नुभएको थियो ।

कमेन्टहरु
Loading...