महाधिवेशनलाई लक्ष्त गर्दै लायन्स फिष्टेलद्धारा सरसफाई

पोखरा, २१ चैत /बैशाख ४ गते पोखरामा सम्पन्नहुने चौथो माहाधिवेशनको सन्दर्भमा लायन्स क्लव अफ पोखरा फिष्टेलले सरसफाई कार्यक्रम अभियानकारुपमा सञ्चालन गरेको छ ।

महाधिवेशनलाई लक्ष्त गर्दै लायन्स फिष्टेलद्धारा सरसफाई
महाधिवेशनलाई लक्ष्त गर्दै लायन्स फिष्टेलद्धारा सरसफाई

अमर शिंहचोक देखि पुरानो बसपार्क सम्मको क्षेत्रमा पोखरा उपमहानगरपालिका र सशस्त्र कालिका गणको सहकार्यमा लायन्स क्लव अफ फिष्टेलको आयोजना कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रममा अमरशिंह चोक देखि सडक किनाराका बिजुलीका दायाँ,बायाँका पोलहरुमा अब्यवस्थितरुपमा टाँगिएका होडिङबार्ड,पम्प्लेट,ब्यानर र सडक किनारामा रहेको फोहोर मैला हटाईएको हो ।

बिभिन्न मेला मोहस्सव र ब्यपारी प्रतिष्ठानहरुद्धरा आफ्नो प्रचार प्रसारकोलागि बोर्ड,ब्यानर,पम्प्लेट र होडिङवोर्डहरु बिद्युतको पोलहरुमा टाँग्ने र कार्यक्रम सम्पन्न भईसकेपछि समेत नहटाएका कारण सो क्षेत्र कुरुप बन्दै गएको थियो ।पोखरा उपमहानगरपालिकाको स्कृतिमा प्रसारकोलागि बोर्ड,ब्यानर,पम्प्लेट र होडिङवोर्डहरु बिद्युतको पोलहरुमा राखिएपनि हटाउन भने कुनै ताकेता नगर्दा सुन्दर नगर कुरुप बन्दै गएपछि फिष्टेल लायन्सले महाधिवेसनको पूर्वसध्यामा यो अभियान सञ्चालन गरेको फिष्टेल लायन्सका पूर्व अध्यक्ष एवं डिष्ट्रिक चिफ एरिया कोओडिनेटर तिर्थलाल श्रेष्ठले बताए ।

‘हाम्रो यस अभियानले नगरपालिकालाई आफ्नो कर्तब्य र जीम्मेवारी बोध गराउने छ भने समाजमा आफ्नो घरआँगन छेउमा सधै सफा राख्नकोलागि उत्प्रेरणा प्रदान गर्ने छ,अभियानले समाजमा चेतनाको सञ्चार हुने आशालिएका छौ’ उनले भने ।

कमेन्टहरु
Loading...