लायन्स क्लव अफ स्टकद्वारा न्यानो कपडा वितरण

पोखरा, २५ मंसिर/लायन्स क्लव अफ पोखरा स्टकले तनहुँको शुक्ला गण्डकी नगरपालिका वडा नम्बर १ स्थित अन्र्तराष्ट्रिय युवा वर्ष प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरेको छ ।

लायन्स क्लवको न्यानो कपडा वितरण अभियान अन्तर्गत लायन्स क्लव अफ स्टकले ४५ वटा स्वेटरसहित ४५ जना विद्यार्थीलाई पुग्ने कापी, कलमलगायतका स्टेसनरी सामग्री वितरण गरेको हो । कार्यक्रममा लायन्स क्लव ३२५ बि–ज्ञका जिएमटी सुदीपराज ढुंगाना, क्लवका अध्यक्ष गोकुल रिमाललगायतले सामग्री वितरण गरेका थिए ।

कार्यक्रममा बोल्दै लायन्स क्लव ३२५ बि–ज्ञका जिएमटी सुदीपराज ढुंगानाले लायन्सले सँधे आफूभन्दा कम भाग्यमानीहरुलाई सहयोग गर्नेगरेको र यो निरन्तर गरिरहने बताए ।

क्लवका अध्यक्ष रिमालको अध्यक्षतामा भएको कार्यक्रममा शुक्ला गण्डकी वडा नम्बर १ का वडाध्यक्ष रबिचन्द्र पौडेल, युवा समाजसेवी तथा ब्यबसायी विष्णुहरी पन्थी, विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष प्रेमप्रसाद ढकाल, समाजसेवी डिल्लीराम अधिकारी, आमा समूहकोतर्फबाट लक्ष्मी भण्डारी, विद्यालयका प्रधानाध्यापक बन्धुराज भण्डारी र कार्यक्रम संयोजक लायन बासुदेव पराजुलीले पनि बोलेका थिए ।

कमेन्टहरु
Loading...