पेशागत बीमा अभिकर्ता संघ एलआइसी पोखराको अध्यक्षमा गुरुङ्ग

पोखरा, २० बैशाख /पेशागत बीमा अभिकर्ता संघ नेपाल एलआइसी विमक संघ पोखरा शाखाको आइतबार सम्पन्न तेश्रो अधिवेशनले रुक वहादुर गुरुङ्गको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमितिको चयन गरेको छ ।

पेशागत बीमा अभिकर्ता संघ एलआइसी पोखराको अध्यक्षमा गुरुङ्ग
पेशागत बीमा अभिकर्ता संघ एलआइसी पोखराको अध्यक्षमा गुरुङ्ग

समितिको उपाध्यक्षमा शुसिल ढुंगाना, सचिवमा नविन घायल, सहसचिवमा बिमल भण्डारी र कोषाध्यक्षमा रामप्रसाद आचार्य चयन भएका छन् । समितिको सदस्यमा शम्भु लुईटेल, यज्ञवहादुर नेपाली, नमराज क्षेत्री, छवि पौडेल, पारस द्धवा, यादव कुमार श्रेष्ठ, सरस्वती के.सी कार्की र गिता चापागाई रहेका छन् ।

यसअघि अधिवेशनको उद्घाटन गर्दै पेशागत बीमा अभिकर्ता संघ नेपालका कार्यवहाक अध्यक्ष नन्दप्रसाद तिवारीले राज्यले बिमाको विस्तारका लागि योजना ल्याउन नसकेको उल्लेख गरे । उनले विमाका विषयमा चेतना नहुँदा ठुलो हिस्सा विमाबाट विमुख बनेको बताए । कार्यक्रममा एलआईसी विमक संघका केन्द्रिय अध्यक्ष स्वदेश महर्जनले विमा सम्वन्धी संसोधन विधयकले अधिकर्ताका अधिकार सेवामा कटौती गरेको बताए ।

एलआईसी विमक संघ पोखरा शाखाका अध्यक्ष रुक वहादुर गुरुङ्गको अध्यक्षतामा भएको उद्घाटन शत्रमा एलआइसी पोखरा शाखाका प्रमुख सोनवहादुर आले, पेशागत विमा अभिकर्ता संघका केन्द्रिय सदस्य केदारनाथ अधिकारी, सल्लाहकार दामोदर बसौला, एलआइसी विमक संघका केन्द्रिय उपाध्यक्ष लालप्रसाद अधिकारी, मेटालाइफका एजेन्सी म्यानेजर अर्जुन सिग्देल, प्राइम लाइफका एजेन्सी म्यानेजर सन्तोष गौतम, नेपाल लाइफ इन्सुरेन्सका एजेन्सी म्यानेजर प्रविण पोखरेल, लोकदोहोरी गायक जीवन दाहाल लगायतले विमाको महत्वका विषयमा चर्चा गरेका थिए ।

कमेन्टहरु
Loading...