चट्याङ लागेर लेखनाथमा एकजना घाइते

पोखरा ८ जेष्ठ /चट्याङ पर्दा लेखनाथमा एकजना घाइते भएका छन । बुधवार अपराह्न्न ४ बजे हावाहुरी र अविरल वर्षा संगै चट्याङ पर्दा पोखरा महानगरपालिका वडा नम्बर ३१ खोलावेसीकी मनमाया ढकाल घाइते भएकी हुन ।

ढकाल घरमै बसिरहेको वेला घरमा चट्याङ पर्दा घाइते भइ वेहोस भएकी थिइन । वेहोस भएकी ढकाल करिव २ घण्टा पछि होसमा आएको र चट्याङ लागेर ढकालको टाउकोको पछाडिको कपाल आंशिक रुपमा जलेको स्थायिन छविराम सुवेदीले जानकारी दिए ।

चट्याङले ढकालको घरमा पनि आंशिक रुपमा क्षती पुर्याएको सुवेदीले जानकारी दिए ।

कमेन्टहरु
Loading...