लक्ष्मी स्मृति पुरस्कार उपकुलपति गुरुङलाई

पोखरा, १६ पुस /यसपटकको लक्ष्मी स्मृति पुरस्कारबाट नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङलाई सम्मान गरिने भएको छ । प्रा. तारा बरालको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिले उनलाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

समितिको सदस्यमा सहप्राध्यापक रामगोपाल ढेवाजु र बरिष्ठ पत्रकार रवीन्द्र बास्तोला सदस्य थिए । पुरस्कारको राशी नगद ३० हजार पाँच सय ५५ सहित दोसल्ला र सम्मानपत्र रहेको छ ।

नेपाली भाषा, इतिहास, संस्कृति, पुरातत्व, ज्योतिष विज्ञानको उच्च अध्ययन र अध्यापनद्वारा पु¥याउनु भएको योगदानको कदर गर्दै सो पुरस्कारबाट सम्मान गर्न लागिएको हो । स्व. लक्ष्मी सिग्देलको स्मृति दिवसमा पुस २० गते शुक्रबार विशेष समारोहबीच सो पुरस्कार प्रदान गरिने छ ।

गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरको प्रमुख आतिथ्यतामा कार्यक्रम गरी पुरस्कार हस्तान्तरण गरिने पृथ्वीधर सिग्देल समाजका अध्यक्ष कृष्णप्रसाद सिग्देलले जानकारी दिए ।

स्व. सिग्देलले झण्डै चार दशकभन्दा बढी समयसम्म शैक्षिक क्षेत्रको माध्यमबाट सामाजिक विकासमा योगदान पु¥याएकी थिईन् । उनको स्मृतिमा छोरा शरदकान्त सिग्देल र छोरी शारदा सिग्देल पराजुलीले दुई लाखको अक्षयकोषबाट पुरस्कार स्थापना गरेका हुन् ।

पृथ्वीधर सिग्देल समाजले संचालन गर्दै आएको सो पुरस्कार प्रत्यक दुई वर्षमा शिक्षा तथा समाज सेवामा बिशिष्ट योगदान पु¥याएका व्यत्तित्वलाई सम्मान गर्ने गरिन्छ । यसअघि सो पुरस्कारबाट शिक्षासेवी बलवीर सिंह नेगी र समाजसेवी गणेशबहादुर श्रेष्ठलाई सम्मान गरिएको थियो ।

कमेन्टहरु
Loading...