एसिया प्यासिफिक सिटी समिटमा तिमिल्सिना छनौट

पोखरा, १० असार /एसिया प्यासिफिक सिटी समिट तथा युथ प्रोफेसनल फोरममा नेपालको तर्फबाट युवा नेता लक्ष्मण तिमिल्सिना छनौट भएका छन् ।

एसियाका विभिन्न देशका विविध क्षेत्रमा आवद्ध युवाको छलफल तथा सम्बन्ध विस्तार गर्न सम्मलेन आयोजकले तिमिल्सिनालाई छनौट गरेको हो ।

असार २० देखि २४ गतेसम्म अस्ट्रेलियाको बृस्बेनमा हुने कार्यक्रममा बिभिन्न देशका ५७ युवाको प्रतिनिधित्व रहनेछ । भौतिकशास्त्रका स्नातकोत्तर तिमिल्सिना अनेरास्ववियु कास्की उपाध्यक्ष र युवा संघ नेपालका केन्द्रिय सदस्य समेत हुन् । उनी सामुदायिक विद्यालय केन्द्रित कापी कलम अभियान चलाएका छन् ।

अस्ट्रेलियाको गृफिथ विश्वविद्यालयमा हुने कार्यक्रममा सहरको दिगो विकास, विकासमा नवीनता, आधुनिक जीवनशैली तथा समाज परिवर्तनबारे छलफल हुनेछ । तिमिल्सिनाले सहरी विकासका चुनौतीबारे युवा व्यवसायी तथा नेतालाई सजग गराउनु कार्यक्रमको मुख्य उद्देश्य बताए ।

उनले नेपालमा सहरी विकासका चुनौती र अवसरमाबारे नेपालको तर्फबाट प्रस्तुति राख्नेछन् ।
हाम्रो गन्तब्य समुहका अध्यक्ष रहेका तिमिल्सिनाले पोखरा र आसपासको क्षेत्रमा करिब ३ सय भन्दा बढी चेतनामुलक सडक नाटकको प्रर्दशन तथा निर्देशन गरेका छन् ।

कमेन्टहरु
Loading...