लिम्पियाधुरा र कालापानी समेटीएका नक्सा पोखरामा सरकार कार्यालयमा

लिम्पियाधुरा र कालापानी समेटीएका नक्सा पोखरामा सरकार कार्यालयमा
220

पोखरा, २२ पुस / भारतले पछिल्लो आफ्नो नक्सामा समावेश गरेका लिम्पियाधुरा, कालापानी लगायतका क्षेत्रसमेत समावेश गरिएको नक्सा पोखराका सरकारी कार्यालयलाई हस्तान्तरण गरिएको छ ।

स्वतन्त्र नागरिक मञ्चले सोमबार संघीय सरकारका प्रतिनिधि कास्कीका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसी, स्थानीय सरकार पोखरा महानगरका मेयर मानबहादुर जिसी र कास्कीका प्रहरी प्रमुख दानबहादुर कार्कीलाई नेपालको लिम्पियाधुरा र कालापानी समेटीएको नक्सा हस्तान्तरण गरेको हो ।

सो नक्सामा भारतले यसअघि सीमा मिचेका ६० स्थानसमेत समावेश छन् । मञ्चका संयोजक माधव पहारीले देशको सीमा रक्षाका लागि सजग नागरिकको हैसियतले कार्यक्रम गरिएको बताए ।

सीमा, राष्ट्रियता र देशका लागि सबै नेपाली एकजुट हुनुपर्नेमा उनले जोड दिए ।

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Get real time updates directly on you device, subscribe now.

Loading...