लेकसिटीमा रसियन संस्कृति झल्कने फोटो प्रदर्शनी

सागर राज तिमिल्सिना
पोखरा, कात्तिक १५/रसिया र नेपालको मैत्री सम्बन्ध स्थापित भएको ५० वर्ष पुगेको अवसरमा शुक्रबार पोखरामा एकदिने फोटो प्रर्दशनी गरिएको छ । नेपाल रसिया जनमैत्री समाजको आयोजनामा भएको प्रदर्शनीमा हिमाली संस्कृति झल्किने तस्बिर राखिएको छ । गैहपाटनस्थित लेकसिटी कलेज एण्ड रिसर्च सेन्टरको प्रागंणमा भएको प्रदर्शनीलाई फोटो पत्रकार समुह कास्की र पोखरा फोटोग्राफर संघले स्थानीय संयोजन गरेका छन् ।

photo pardasaniप्रदर्शनीमा करिब ५० वटा फोटो राखिएको छ । ‘एकजना रसियन यात्रीको दृष्टिकोणमा माउण्ट कैलाश’ शिर्षकको उक्त प्रदर्शनीले नेपाल र रसियाको सम्बन्धलाई आगामि दिनमा झनै मजबुत बनाउने आयोजकले बताए । प्रदर्शनीमा राखिएका तस्बिरहरु रसियन नागरिक सर्गेई बालालेभले खिचेका थिए । प्रर्दशनीमा बोेल्दै प्रमुख अतिथि काउन्सीलर भ्यालरी ए अनिच्किनले यस्तो प्रदर्शनीले नेपाल र रसियाको संस्कृति आदानप्रदानमा समेत सघाउने बताए ।

उनले पोखरा सुन्दर शहर भएकोले पोखरा र रसियाको सम्बन्ध अझै प्रगाढ बनाउन यस्ता सहकार्य आवश्यक रहेको बताए । नेपालस्थित रसियन कल्चर सेन्टरका निर्देशक स्टानिसलाभ सिमाकोभले पोखरासँग सधै सहकार्य गर्न तयार रहेको बताए । उनले पोखरामा यो नै अन्तिम कार्यक्रम नभई आगमी दिनमा पनि यहाँका विभिन्न संघसंस्थासँग सहकार्य गर्न तयार रहेको बताए ।

कार्यक्रममा लेकसिटी फाउण्डेशनका अध्यक्ष प्राडा विश्वकल्याण पराजुलीले पत्रकार, पत्रकारिता र आमसंचारका विद्यार्थीका लागि यस्ता प्रदर्शनी झनै प्रभावकारि हुने बताए । रसियन संस्कृति बुझ्न का लागि पनि रसियासँगको सम्बन्ध बलियो हुनुपर्ने उनको भनाई छ । पोखराको सम्बन्ध सौन्दर्यतासँग पनि जोडिएकोले यो प्रदर्शनीको महत्व रहेको उनको भनाई थियो । कार्यक्रमका सभापति नेपाल रसिया जनमैत्री समाजका अध्यक्ष कुशुमकेशव पराजुलीले आगामी दिनमा पनि यस्ता गतिविधिलाई पोखरासम्म ल्याउने बताए ।

उनले पोखराको सौन्दर्यतालाई अन्तराष्ट्रियस्तरसम्म फैलाउन पनि यसले सघाउने बताए । कार्यक्रममा पत्रकार महासंघ कास्कीका अध्यक्ष बद्रीबिनोद प्रतिकले द्विदेशीय सम्बन्ध बिस्तारमा यस्तो प्रदर्शनीले सघाउने बताए । कार्यक्रममा स्वागत गर्दै फोटो पत्रकार समुहक कास्कीका अध्यक्ष कृष्णमणि बरालले यस्तो प्रदर्शनीमा पोखरा र आसपासका तस्बिरलाई समेत समावेश गर्न सकेको भए अझै प्रभावकारि हुने बताए । कार्यक्रम संचारकर्मी रामजी लम्सालले संचालन गरेका थिगए । प्रदर्शनी हेर्न विभिन्न कलेजका विद्यार्थी सहित सर्वसाधारण उपस्थिति थिए ।

कमेन्टहरु
Loading...