पोखराा ठूलो मात्रामा लागूऔषध सहित २ जना पक्राउ

पोखरा, २१ पुस / वडा प्रहरी कार्यालय रामबजार पोखराको प्रहरी टोलीले ठुलो मात्रामा लागूऔषध सहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका १३ पाटनवेशी बस्ने वर्ष २१ को अनुप तामाङ र पोखरा महानगरपालिका २७ शिसुवा बस्ने वर्ष १९को विशाल परियार रहेका छन् ।

पोखरा महानगरपालिका १३ काहुँखोला स्थित चेकजाँचका लागि खटिएको प्रहरी टोलीले अनुप तामाङले चलाएको ग ०७ प ६१२४ नम्बरको मोटरसाईकल रोकी चेकजाँच गर्ने क्रममा उक्त मोटरसाईकल भाग्न खोजे पछि प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले निजहरुलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा झोलामा लागूऔषध डाईजापाम ९४ एम्पुल, नुफिन ९४ एम्पुल र फेनरागन ९२ एम्पुल गरी जम्मा २८० एम्पुल लागूऔषध, मोबाईल २ थान र मोटरसाईकल समेत प्रहरीले बरामद गरेको छ ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारवाही प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाईएको वडा प्रहरी कार्यालय रामबजार प्रमुख प्रहरी निरीक्षक प्रकाश थापाले बताए ।

कमेन्टहरु
Loading...