पोखराको अमरसिंहचोकबाट लागू औषधसहित एकजना पक्राउ

पोखरा, १९ मंसिर / कास्की प्रहरीले पोखरा १० अमरसिंहचोकबाट लागू औषध सहित एकजना पक्राउ गरेको छ । रुपन्देहीको सिद्धार्थनगर देवकोटा

चोक बस्ने २६ बर्षका राजन मौर्यलाई वडा प्रहरी कार्यालय रामबजारको टोलिले लागू औषध सहित पक्राउ गरेको हो ।

उनको साथबाट ६० थान डाइजापाम, ६० थान नुर्फिन र ६० थान फेनरागन सहित १ सय ८० थान लागू औषध बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।

मौर्यले बोकेको झोलामा शंका लागेपछि छानवीन गर्दा लागू औषध भेटिएको प्रहरीले जनाएको छ ।

कमेन्टहरु
Loading...