कौरा संरक्षण पत्रकारिता पुरस्कारबाट नवलपुरकी कमला राना सम्मानित

पोखरा, ३० जेठ/पहिलो ‘राष्ट्रिय मौलिक कौरा संरक्षण पत्रकारिता पुरस्कार–२०७५’ बाट नवलपुरकी पत्रकार कमला रानामगर सम्मानित हुनुभएको छ । राष्ट्रिय मौलिक कौरा संरक्षण समिति, नेपालद्वारा स्थापित एवं नेपाल मगर पत्रकार संघ कास्की शाखाद्वारा सञ्चालित पुरस्कारबाट नवलपुरकी पत्रकार रानामगरलाई बुधबार पोखरामा आयोजित एक कार्यक्रमकाबीच सम्मान गरिएको हो ।

मगरात क्षेत्रको लोकप्रिय नाच मानिने कौह्राको संरक्षण र प्रवद्र्धनमा पत्रकारितामार्फत् योगदान पु¥याएको भन्दै रानालाई प्रमुख अतिथि प्रदेश नं. ४ का सामाजिक विकासमन्त्री नरदेवी पुनले नगद ५ हजार १ रुपैयाँ सहित सम्मानपत्र, दोसल्ला र खादाले सम्मान गर्नुभयो । पुरस्कारबाट सम्मानित राना हाल रेडियो मध्यविन्दु, कावासोती, नवलपुरको समाचार प्रमुखका रुपमा कार्यरत हुनुहुन्छ भने लुम्बिनी आदर्श डिग्री कलेजकी सहायक प्राध्यापक र नेपाल मगर पत्रकार संघको केन्द्रीय सदस्य समेत हुनुहुन्छ ।

सम्मान कार्यक्रममा बोल्दै मन्त्री पुनले मगर समुदायमा अझै पनि आफ्नो पहिचानको विषयमा अन्यौलता रहेको बताउनुभयो । त्यसैले पहिचानको सवालमा प्रतिबद्ध रहन उहाँले सम्पूर्ण मगर समुदायलाई आग्रह गर्नुभयो ।

प्रदेश नं. ४ का सांसद् रोशन गाहामगरले मगर जाति सांस्कृतिक रुपले सम्पन्न भएको उल्लेख गर्दै मगर संस्कृतिको संरक्षण र विकासका लागि राज्यले विशेष सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । कौरा नृत्य नेपालको महŒवपूर्ण सांस्कृतिक सम्पदा भएको बताउँदै सांसद् गाहाले प्रचारप्रसार र लिखित दस्तावेजका लागि पत्रकारहरूको विशेष भूमिका हुने उल्लेख गर्नुभयो ।

राष्ट्रिय मौलिक कौरा संरक्षण समिति, नेपाल विज्ञ समितिका संयोजक यामबहादुर आलेमगरले कौरा नृत्य लोप हुने अवस्थामा पुगेकोले सम्पूर्ण मगर समुदाय होसियार हुनुपर्नेमा जोड दिनुभयो । संस्कृतिलाई बंग्याइनु गलत भएको भन्दै आलेले संस्कृतिको वास्तविकता र मौलिकतालाई ख्याल गरिनुपर्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय संरक्षक झकबहादुर थापामगर, पुरस्कार संस्थापक राष्ट्रिय मौलिक कौरा संरक्षण समिति, नेपालका केन्द्रीय अध्यक्ष हर्क आलेमगर, प्रतिभा छनौट समितिका संयोजक एवं नेपाल मगर पत्रकार संघका केन्द्रीय उपाध्यक्ष एम.बी. आस्था मगर, नेपाल महिला मगर संघ, कास्कीका अध्यक्ष नुनु रानामगर, तमुसञ्चारकर्मी संघ नेपाल, कास्कीका अध्यक्ष शान्ति गुरुङलगायतले भाषिक, सांस्कृतिक पहिचानका विषयमा बोलेका थिए ।

सोही अवसरमा नेपाल मगर विद्यार्थी संघ, तनहुँका कलाकारहरूले प्रत्यक्ष मौलिक कौरा नृत्य प्रस्तुत गरेका थिए । नेपाल मगर पत्रकार संघ कास्कीका उपाध्यक्ष विनु थापामगरले स्वागत गरेको कार्यक्रममा राष्ट्रिय मौलिक कौरा संरक्षण समिति, नेपालका उपाध्यक्ष तारामाया थापामगरले प्रतिभाको परिचय दिनुभएको थियो । नेपाल मगर पत्रकार संघ कास्कीका अध्यक्ष रूद्रबहादुर हितानमगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव उमा आलेमगरले गर्नुभएको थियो ।

राष्ट्रिय मौलिक कौरा संरक्षण समिति, नेपालको स्थापना दिवस खासमा जेठ १५ गते भएपनि विशेष कारणवश यसपटक ढिलो भएको र आगामी वर्षदेखि जेठ १५ गणतन्त्र दिवसकै दिन पुरस्कार प्रदान गरिने समितिका अध्यक्ष हर्क आलेमगरले जानकारी दिनुभयो । यो वर्ष समितिको तेस्रो स्थापना दिवसको सन्दर्भ पारेर पुरस्कार वितरण गरिएको हो । मगरात क्षेत्रको लोकप्रिय नाच मानिने कौराको संरक्षण र प्रवद्र्धनमा पत्रकारितामार्फत् योगदान पु¥याउने एक जना पत्रकारलाई हरेक वर्ष यो पुरस्कारबाट पुरस्कृत गर्ने गरी पुरस्कार अक्षयकोष स्थापना गर्ने तयारी समेत भइरहेको आलेमगरले बताउनुभयो ।

कमेन्टहरु
Loading...