उच्च अदालतमा लक्ष्य भन्दा बढि मुद्धा फस्यौट

पोखरा, ३० असार /उच्च अदालत पोखराले यो आर्थिक वर्षमा लक्ष्य भन्दा बढि मुद्धा फस्यौंट गरेको छ । उच्च अदालले यो आर्थिक वर्षमा मुद्धा फस्र्यौटको प्रगति पनि ७५.९ प्रतिशत रहेको उच्च अदालत पोखराका मुख्य न्यायधिश कुमार चुडालले बताए ।

उनले यो वर्ष लक्ष्य ७५ प्रतिशत थियो त्यो भन्दा बढि मुद्धाचको फस्यौंट भएको बताए । उच्च अदालतले एक वर्षको अवधिमा ९ सय २१ वटा मुद्धा फस्र्यौट गरेको तथ्याक सार्वजनिक गरेको छ । तथ्यांक अनुसार गत वर्ष जिम्मेवारी सरेर आएका ३ सय ७ मुद्धासँगै कुल १२ सय १४ वटा मुद्धा अदालतमा थिए ।

मुख्य न्यायधिश चुडालले हतार गरेर छिटो टुग्याउने प्रवृति नभएको भन्दै अंग पुर्याएर छिटो फस्र्यौट गर्ने तर्फ सचेत रहेको स्पष्ट पारे । ‘एकवर्षमा दर्ता भएका मुद्धासँगै जिम्मेवारी सरेर आएको मुद्धालाई फस्र्यौट गर्दै गएका छौं ।’ उनले भने–‘अब केवल फस्र्याैट हुन २ सय ९२ वटा मुद्धा बाँकी छन् । अदालतले ७५ प्रतिशत मुद्धा फस्र्यौट गर्ने लक्ष्य लिएपछि लक्ष्य भन्दा बढी फस्र्यौट गरिएको उनले सुनाए । अदालतले १४ सय ६८ मुद्धा दर्ता हुने अनुमान गरेको थियो ।

उच्च अदालतले परेको मुद्धामा मेलमिलापबाट समेत टुङगो लगाउने गरेको बताए । उच्च अदालतले आर्थिक वर्षभित्रमा कैफियत निवेदन तर्फ २१४ थान निवेदन दर्ता भएको हालसम्म २०३ निवेदन फस्र्याैट भईसकेको रजिष्टार रामेश्वर रेग्मीले जानकारी दिए । १०१ थान मेलमिलापको मुद्धामा केवल १३ थान मात्रै मेलमिलापबाट टुंगिएको उनले बताए । ‘हाम्रो प्रयास मेलमिलापबाटै टुग्याउनु पर्छ भन्ने हुन्छ ।’ मुख्य न्यायधिश चुडालले भने–‘तर उक्साहटले मेलमिलापको सम्भावना नहुने स्थिति देखिन्छ । त्यसलाई फस्र्यौट गर्नुपर्छ ।’

कमेन्टहरु
Loading...