उत्कृष्ट प्रहरी पुरस्कारबाट रेग्मी र श्रीपाली पुरस्कृत

पोखरा, १ भदौ / जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत दुई प्रहरी पुरस्कृत भएका छन् ।

असल कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गरी सम्पूर्ण प्रहरी कर्मचारीलाई असल कार्य गर्न प्रोत्साहित गर्न उद्देश्यले एक महिनाको अवधिमा उत्कृष्ट काम गर्ने दुई प्रहरीलाई कास्कीका प्रहरी प्रमुख दानबहादुर कार्कीले सम्मान गरेका हुन् ।

साउन महिलना उत्कृष्ट प्रहरी सम्मान द्वारा सम्मानित र पुरस्कृत प्रहरी जवान कृष्ण रेग्मी र प्रहरी जवान विकास श्रीपाली रहेका छन् । उनीहरुलाई एसपि कार्कीले प्रमाण पत्र र नगद पुरस्कारले सम्मान गरे ।

कमेन्टहरु
Loading...