काँग्रेस कास्की सभापति केसी अस्वस्थ

पोखरा, २१ भदौ/ नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसी अस्वस्थ भएका छन् ।

सभापति केसीको शुक्रबार नै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) मा शल्यक्रिया गरिएको उनका छोरा सरोज केसीले जानकारी दिए ।

काँग्रेस नेता केसी विगत लामो समयदेखि पिसाव नलीमा समस्या देखिएपछि बिहीबार अस्पताल भर्ना गरिएको थियो ।

नेता केसीकोे वरिष्ठ शल्य चिकित्सक डा. नरेन्द्र गुरुङले सफल शल्यक्रिया गरेका हुन् ।

पेल्भिक डर्माेइडबाट ग्रसित नेता केसीलाई अझै ४ दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने डा. गुरुङले जनाए । केसीको स्वास्थ्य लाभको लागि अस्पतालमा काँग्रेस कार्यकर्ता र शुभचिन्तकको भीड लागेको छ ।

कमेन्टहरु
Loading...