कृष्णदास महाराजको शनिबार नागरिक अभिनन्दन

पोखरा, ८ चैत / जगद्गुरु रामानन्दाचार्य पद विभुषित महायोगी सिद्वबाबा श्री १००८ डा. श्रीवैष्णव कृष्णदास महाराजलाई पोखरामा शनिवार नागरिक अभिनन्दन गरिदै छ । नागरिक अभिनन्दन मूल समारोह समितिले अभिनन्दनको सम्पूर्ण तयारी पूरा गरेको छ ।

नारायणस्थान धार्मिक क्षेत्र विकास समितिको व्यवस्थापनमा हुन लागेको नागरिक अभिनन्दनका लागि कास्कीका धार्मिक संघ संस्थाहरु सामुहिक रुपमा जुटेका छन् ।

कृष्णदास महाराजले व्यत्ति, समाज, राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृतिको उत्थान एवं पाशुपत सिद्व महायोगको माध्यमबाट जनजीवनमा योगदान पु¥याएको भन्दै उनलाई नागरिक अभिनन्दन गर्न लागिएको हो ।

अभिनन्दनको तयारी पूरा भएको छ, मूल समारोह समितिका संयोजक शुक्रराज शर्माले भने – ‘कार्यक्रमलाई सभ्य र भव्य बनाउन सवैको सहयोग आवश्यक छ ।’

नागरिक अभिनन्दनअघि कृष्णदास महाराजलाई बाजागाजा र धार्मिक झाँकी सहित रथयात्रा गरी पोखराका विभिन्न स्थान परिक्रमा गराइने प्रचार प्रसार संयोजक नवीन सिग्देलले बताए ।

नारायणस्थान मन्दिरमा पूजाअर्चनापछि शुरु हुने रथयात्रा महेन्द्रपुल, चिप्लेढुङ्गा, सभागृहचोक, पृथ्वीचोक हुदै प्रदर्शनी केन्द्र पुग्ने छ । प्रदर्शनी केन्द्रमा उनको नागरिक अभिनन्दन गरिने छ ।

कार्यक्रममा गण्डकी प्रदेशका मूख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रदेश प्रमुख बाबुराम कुँवर, विन्ध्यवासिनी मन्दिरका पिठाधिश्वर श्री १००८ स्वामी निशेषान्नद महाराजजी, सेना, प्रहरी, आमा समूह, धार्मिक तथा सामाजिक संघसंस्थाको सहभागिता रहने छ ।

कमेन्टहरु
Loading...