कृष्णदास महाराजको नागरिक अभिनन्दन तयारी अन्तिम चरणमा

पोखरा, ८ चैत /आद्य जगद्गुरु रामानन्दाचार्य पद विभुषित महायोगी सिद्वबाबा श्री १००८ डा. श्रीवैष्णव कृष्णदास महाराजलाई पोखरामा गरिने नागरिक अभिनन्दनको तयारी अन्तिम चरणमा पुगेको छ ।नागरिक अभिनन्दन मूल समारोह समितिले पोखरामा बिहीबार पत्रकार सम्मेलन गरी अभिनन्दनको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो ।

नारायणस्थान धार्मिक क्षेत्र विकास समितिको व्यवस्थापनमा चैत्र ९ गते शनिवार पोखरामा गण्डकी प्रदेश स्तरीय कार्यक्रम गरी उनलाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ । अभिनन्दनका लागि कास्कीका धार्मिक संघ संस्थाहरु सामुहिक रुपमा जुटेका छन् ।कृष्णदास महाराजले व्यत्ति, समाज, राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृतिको उत्थान एवं पाशुपत सिद्व महायोगको माध्यमबाट जनजीवनमा योगदान पु¥याएको भन्दै उनलाई नागरिक अभिनन्दन गर्न लागिएको हो ।

अभिनन्दनको तयारी अन्तिम चरणमा पुगेको छ, मूल समारोह समितिका संयोजक शुक्रराज शर्माले भने – ‘कार्यक्रमलाई सभ्य र भव्य बनाउने गरी तयारी गरेका छौं।’उनले कृष्णदास महाराजबाट आशिर्वाद दिलाएर मानवीय जीवनमा सकारात्मक परिवर्तन ल्याउने सहयोग पु¥याउने उदेश्यले सार्वजनीक रुपमा अभिनन्दन गर्न लागिएको बताए ।

संयोजक शर्माले साधकबाट प्राप्त हुने सहयोगबाट नै कार्यक्रम खर्च जुटाइएको स्पष्ट पारे । यो कार्यक्रमका लागि कहि कतैबाट चन्दा वा दान संकलन गरेका छैनौं, उनले भने – ‘साधनहरुबाट प्राप्त सहयोग नै पर्याप्त छ।’ उनले पोखरामा कृष्णदास महाराजलाई अभिनन्दन गर्न पाउँनु दिव्य अवसर भएको बताए ।नागरिक अभिनन्दनअघि कृष्णदास महाराजलाई बाजागाजा र धार्मिक झाँकी सहित रथयात्रा गरी पोखराका विभिन्न स्थान परिक्रमा गराइने छ ।

नारायणस्थान मन्दिरमा पूजाअर्चनापछि शुरु हुने रथयात्रा महेन्द्रपुल, चिप्लेढुङ्गा, सभागृहचोक, पृथ्वीचोक हुदै प्रदर्शनी केन्द्र पुग्ने छ । प्रदर्शनी केन्द्रमा उनको नागरिक अभिनन्दन गरिने प्रचार प्रसार संयोजक नवीन सिग्देलले जानकारी दिए ।

कार्यक्रममा गण्डकी प्रदेशका मूख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रदेश प्रमुख बाबुराम कुँवर, विन्ध्यवासिनी मन्दिरका पिठाधिश्वर श्री १००८ स्वामी निशेषान्नद महाराजजी, सेना, प्रहरी, आमा समूह, धार्मिक तथा सामाजिक संघसंस्थाको सहभागिता रहने छ ।पत्रकार सम्मेलनमा नारायणस्थान धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष महेश पराजुली, सचिव धर्मराज बराल (भोला) र मूल समारोह समितिका सहसंयोजक रामचन्द्र पौडेलले बोलेका थिए ।

कमेन्टहरु
Loading...