काग्रेस झाडीमा सिङ अल्झेको बाह्रसिङे –नेता ओली

सागर राज तिमिल्सिना
पोखरा, १८ चैत /एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस बुढो बाह्रसिङे पार्टी भएको बताएका छन् । नेकपा एमाले कास्कीले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै एमाले मात्रै देशको भक्ती पार्टी भएको दाबी गरे । उनले पहिले कांग्रेस देशभक्त पार्टी भएपनि हाल झाडीमा सिङ अल्झेको बाह्रसिङे हलचल गर्न सक्दैन कांग्रेस त्यस्तै भएको बताए ।

अध्यक्ष ओलीले नेपाल र नेपालीको हित विपरित संविधान संशोधन नहुने बताए । उनले देशका आवश्यकता र प्राथमिकताको आधारमा संविधान संशोधन गर्न सकिने तर बाहिरका कुनैको निदेशनका आधारमा राष्ट्रको हित वितरित आएको संविधान संसोधनको पक्षमा एमाले नउभिने दावी गरे । ओलीले केहि राजनीतिक दलहरुले हार्ने डरले निर्वाचन हुन नगर्ने षड्यन्त्र गरिरहेको आरोप लगाए ।

उनले माओवादी केन्द्रको बारेमा भने आफूले कुनै टिप्पणी गर्न नचाहेको उनले बताए । ‘माओवादीको बारेमा केही भन्नु पर्छ जस्तो मलाई लाग्दैन,’ उनले भने । नेता ओलीले विभिन्न पार्टीबाट एमालेमा प्रबेश गरेकाहरुलाई पार्टी प्रबेश गराएका थिए । सभा अघि पोखरा विभिन्न ठाउँबाट ¥याली आई चिप्लेढुङ्गामा सभामा परिणत भएको थियो ।

कमेन्टहरु
Loading...