विदेशीको इसारामा चुनाव विथोल्न खोजे ओली

पोखरा, ३ काक्तिक/नेकपा एमालेका नेता केपी ओलीले विदेशीको इसारामा केही दलहरुले संविधान सभाको चुनाव विथोल्न खोजेको आरोप लगाएका छन् । नेता ओलीलले नेपालमा सविधान नबनोस् भने चाहेका विदेशीको इसारामा विभिन्न दलहरुले चुनाव विथोल्न लागेको बताए ।

amalaनेकपा एमाले कास्कीको क्षेत्र नम्बर १ चुनावी सभामा उनले सविधान सभा निवार्चन राष्ट्र विकासका लागी कोषे ढुङ्गा हुने बताए । उनले अघिल्लो सविधान सभाले संविधान नदिदा देश पछाडी थकिलिएको बताउदै अबको चुनावले राष्ट्र विकासमा कोषे ढुङ्गा हुने बताए । नेता ओलीले अहिले दलहरुले केही त्रास, केही भ्रम र आस देखाएको बताउदै राम्रो र सक्षम नेतालाई भोट दिन उनलेको आग्रह थियो ।

सभामा नेकपमा एमालको कास्कीका उम्मेद्वरहरु रविन्द्र अधिकारी, सिता गिरी, कृष्ण थापा, मानबहादुर जिसी लगाएले एमालेको चुनावी अभियान र आप्mनो उम्मेद्वारीका बारेमा जानकारी दिएका थिए । कास्की गाउँबाट एमालेले कार्यकताहरु सभामा आएका थिए । सभा चलिरहेका बेला पानी परे पछि कार्यकर्ताहरुको विचल्ली भएको थियो ।

कमेन्टहरु
Loading...