प्रधानमन्त्री ओलीले गण्डकी प्रदेशसभामा सम्बोधन गर्ने

पोखरा, २ साउन /प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार गण्डकी प्रदेशसभालाई सम्बोधन गर्ने भएका छन् । प्रदेशसभा सचिवालयले प्रधानमन्त्रीको सम्बोधन कार्यतालिका तयार गरिसकेको छ ।

उनले अधिकांश प्रदेशसभामा सम्बोधन गरिसकेका छन् । नयाँ संरचना बनेपछि पहिलो पटक प्रधानमन्त्रीले सभालाई सम्बोधन गर्न लागेका हुन् ।

पोखरा विश्व विद्यालयको १९ औ बैठकमा भाग लिन आउन लागेका प्रधानमन्त्रीले बैठक पछि प्रदेश सभालाई सम्बोधन गर्ने छन् । प्रधानमन्त्रीले सम्बोन गर्ने बारे आज बस्ने गण्डकी प्रदेशको मन्त्री परिषद्ले निर्णय गर्ने छ ।

कमेन्टहरु
Loading...