प्रधानमन्त्री ओलीको जन्मोउत्सवमा पोखरा बृद्धाश्रममा सहयोग हस्तान्तरण

पोखरा १९, फागुन/प्रधानमन्त्री केपी शर्मा ओलीको ६७ औं जन्मोत्सवको अवसरमा शनिबार पोखरा बृद्धाश्रममा सहयोग हस्तान्तरण गरिएको छ । मदन भण्डारी स्पोटर्स एकेडेमी प्रदेश नम्बर ४ को आयोजनामा एकेडेमी प्रदेश नम्बर ४ का ईन्चार्ज राजेस गुरुङ र युवा व्यवसायी नारायण पौडेलको आर्थिक सहयोगमा बृद्धाश्रममा आवश्यक पर्ने ६ महिना सम्मको लागि औषधि वितरण गरिएको हो ।

राष्ट्रिय खेलकुद परिषदका पुर्व सदस्य समेत रहेका गुरुङले शनिबार एक समारोहका बिच पोखरा बृद्धआश्रमका संस्थापक अध्यक्ष वशन्तकेशव पराजुली, अध्यक्ष टिका बहादुर भण्डारीलाई पहिलो चरणमा औषधि उपचारको लागि २५ हजार ८५ रुपैया सहयोग हस्तान्तरण गरेका हुन।

कार्यक्रममा बोल्दै एकेडेमी इन्चार्ज गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियता र जनताको हकहितमा लागेर अघि बढेकोले उनको जन्मोत्सवको अवसरमा आफुहरुले सहयोग गरेको बताए । उनले भने “ सकभर कुनै परिवारबाट पनि बृद्धबृद्धाहरुलाई बृद्धाश्रमहरुमा भन्दा आ–आफ्नै घरमा व्याबस्थापन गर्न आग्रह गर्दछु, यदि परिवारबाट एक्लिएकाहरुको लागि विभिन्न सामाजिक संघ संस्था तथा व्यक्तिहरुको सहयोग आवश्यक हुन्छ । ”

पोखराको पार्दीविरौटामा रहेको शुभ प्रभात फार्मेसीले गुरुङले दिएको उक्त रकमबाट पोखरा बृद्धाश्रममा औधषि उपलब्ध गराउने भएको छ । फार्मेसीका संचालक हेमराज बरालले प्रत्येक महिनाको अन्तिम शनिबार स्वास्थ्य परिक्षण सहित औषधि उपलब्ध गारउने बताए । उनले भने “ पोखरा बृद्धाश्रममा रहेकाहरुको लागि आवश्यक औषधि कुनै पनि समयमा माग भए अनुसार हामी उपलब्ध गराउने छौं । ”

पोखरा लेखनाथ महानगरपालिका १७, सितापाईला–ढुंगेसाँघु स्थित पोखरा बृद्धाश्रममा हाल ७० जना बृद्धाश्रममा आश्रित रहेको पोखरा बृद्धाआश्रमका अध्यक्ष टिकाबहादुर भण्डारीले बताए । एकेडेमीले यस अघि पनि विभिन्न सामाजिक कार्य गर्दै आएको एकेडेमी कास्कीका अध्यक्ष ऋषिराम गौतमले बताए ।

कमेन्टहरु
Loading...