कोमागाने द्वारा विद्यालयलाई सोलार प्रदान

पोखरा, २५ साउन /जापानको कोमागाने सिसिटजन एशोसियसन तथा कोमागाने कर्मचारी युनयिनको सहयोगमा पोखरा उपमहानगर पालिका वडा नं २८ अर्मलाका दुई विद्यालयलाई सोलार प्रदान गरिएको छ । करिव ५ लाख ५० हजार बराबर मुल्य पर्ने ति सोलार सामाग्रीहरु अर्मला स्थित अन्नपुर्ण मावी र शान्ती उच्च मावी जुम्लेटीलाई प्रदान गरिएको हो ।

कोमागाने द्वारा विद्यालयलाई सोलार प्रदान
कोमागाने द्वारा विद्यालयलाई सोलार प्रदान

पोखरा उप महानगरपालिकाका पुर्व नगर प्रमुख कृष्ण थापा र नेपाल स्थित जाइका स्वयसेवी कुनियाकी याजावाले दुई छुट्टा–छुट्टै कार्यक्रममा विच ति विद्यालयलाई सामाग्री संयुक्त रुपमा हस्तान्तरण गरेका थिए । सो कार्यक्रममा बोल्दै पुर्व नगर प्रमुख थापाले १८ वर्ष अघि पोखरा र कोमागानेका विचमा भागिनी सम्बन्ध कायम रहे पनि लामो समय देखि स्थानिय निकायको निर्वाचन नभएकोले त्यसको प्रत्यक्ष लाभ पोखराले लिन नसकेको बताए ।

पुर्व नगर प्रमुख थापाले कोमागाने सिटिजन्स एशोसियसनले पोखराका लागि मितेरी मातृशिसु अस्पतालको निर्माण, पोखरा कोमागाने पार्क जस्ता महत्वपुर्ण कार्य सम्पन्न गरेको र अहिले पनि विविध सांस्कृतिक पक्षहरुको आदान प्रदान भइरहेको वताए । उनले यस प्रकारका सहयोगले दुई देश विचको सम्वन्धलाई मात्र नभई दुई शहर विचको सम्वन्धलाई पनि प्रगाढ बनाउन सहयोग पुग्ने वताए ।

कार्यक्रममा नेपाल स्थित जाइका स्वयसेवी कुनियाकी याजावाले सन २०१५ को महाभुकम्पका पिडितहरुलाई सहयोग पुर्याउन कोमागाने सिटिजन्स र कर्मचारी युनियनले सहयोग संकलन गरेको जानकारी गराउँदै विपत्तीको वेला विद्यार्थी र स्थानिय जनताले यसको उपयोग गर्न पाउनेमा आपूm ढुक्क रहेको बताए ।

कार्यक्रममा स्थानिय बाशी तथा उक्त विद्यालयका पुर्व विद्यार्थी तेज गुरुङ्गले प्राप्त प्रोजेक्टलाई अर्मलाका दुई विद्यालयका लागि संयोजन गर्न भुमिका निर्वाह गर्न पाएकोमा खुसि लागेको वताए । कसमस गु्रपका अध्यक्ष समेत रहेका गुरुङ्गले प्राप्त उपहारलाई संरक्षण र उपयोग गर्न विद्यालय परिवारलाई आग्रह समेत गरे ।

कार्यक्रममा पोखरा उपमहानगर पालिकाका सामाजिक विभाग प्रमुख ओमराज पौडेल, पोखरा उपमहानगर पालिकाका योजना प्रमुख इन्जिनियर शारदा मोहन काफ्ले, अनन्त कोइराला, अन्नपुर्ण मावीका प्रअ यमनारायण लामिछाने, समाजसेवी कर्ण बहादुर गुरुङ्ग, विद्यलय व्यवस्थापन समितिका अध्यक्ष नैना गुरुङ्ग, मनकाजी गुरुङ्ग लगाएतले बोलेका थिए ।

यस्तै शान्ती उच्च मावीमा भएको हस्तान्तरण कार्यक्रममा पोखरा उप महानगरपालिकाका पुर्व नगर प्रमुख कृष्ण थापा, नेपाल स्थित जाइका स्वयसेवी कुनियाकी याजावा, विद्यालयका पुर्व प्रअ राम बहादुर वानिया, अर्मला निवासी तेज गुरुङ्ग, विद्यालयका प्रअ गणेश खडका, विद्यालयका अध्यक्ष निर्मल आर्चाय लगाएतले विद्यालयका बारेमा जानकारी दिएका थिए ।

कमेन्टहरु
Loading...