पोखरा इञ्जिनियरिङ कलेज विद्यार्थी परिषद्को अध्यक्षमा सुबेदी विजयी

पोखरा, ११ माघ/पोखरा फिर्के स्थित पोखरा इन्जिनियरिङ कलेज (पेक) को स्वतन्त्र विद्यार्थी परिषद्को अध्यक्षमा किशोर चन्द्र सुबेदी विजयी भएका छन् ।

अनेरास्ववियुको प्यानलबाट उमेद्वारी दिएका सुबेदीले नेविसंघका तर्फबाट उमेद्वारलाई ६३ मतले पछि पार्दै सुबेदी बिजयी बने । परिषद्को सचिबमा नेविसंघका तर्फबाट चुनावी मैदानमा उत्रिएका अनिशराज भण्डारी बिजयी भए ।

त्यसै गरि कोषाध्यक्षमा अनेरास्ववियुका रेखा केसी बिजयी भइन् । त्यसै गरि सदस्यहरुमा विशाल गोदार, कृष्णप्रसाद बस्ताकोटी, सरिना गौतम र केशब तिवारी बिजयी भए । समानुपातीक तर्फ अनेरास्ववियुले र नेविसंघले दुई दुई सदस्य जितेका छन् ।

कमेन्टहरु
Loading...