किङस इन्सिटच्युट पोखरामा जापानीज भाषाका कक्षा थप

पोखरा, १५ माघ/ सरकारले वर्किङ भिजामा जापानमा कामदार लैजाने भएपछि ‘किङस इन्सिटच्युट’ पोखराले जापानीज भाषाका कक्षा थप गरि पढाई सुरु गरेको छ ।

जापान जाने इच्छुक विद्यार्थी वा कामदार दुबैलाई लक्षित गरि भाषामा अब्बल बनाउँन दक्ष प्रशिक्षकद्वारा थप कक्षाका साथ पढाई सुरु गरेको इन्सिटच्युटकी म्यानेजिङ डिरेक्टर रश्मि अधिकारीले जानकारी दिइन् ।

विद्यार्थीहरुलाई भाषामा अब्बल बनाउनु नै आफूहरुको उद्देश्य रहेको उनको भनाई छ । ‘हामी कहाँ आउँने भाषाका विद्यार्थी सफल भए हामी सफल हुन्छौं,’ उनले भनिन्, ‘त्यही नै हाम्रो सफलता हो । आफूहरु कहाँ आउँने विद्यार्थीलाई सतप्रतिशत भाषामा उतिर्ण गराउँने उनले सुनाईन् ।

आउँदो अप्रिल देखि जापानमा काम गर्न जानेका लागि एप्लिकेसन फर्म खुल्ने छ ।

कमेन्टहरु
Loading...