खेलकुद सांगीतिक मनोरन्जन संगै खानाको परिकार पोखराको भाटभटेनीमा स्काइ स्पोर्टस

पोखरा, २८ मंसिर /खेलकुद र सांगीतिक मनोरन्जन संगै खानाको परिकारहरु पस्कने उद्देश्यले पोखरा स्काइ स्पोर्टस सञ्चालनमा आएको छ । पोखराको न्युरोडमा रहेको ब्यापारिक मल भाटभटेनीको माथिल्लो तलामा हालै सञ्चालनमा आएको स्काइ स्पोर्टसको शुक्रबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले उद्घाटन गरे ।

स्काइ स्पोर्टसको उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले प्रदेश सरकारले लगानीको माहोल बनाइरहेको वेला पोखरेली युवाहरुले खेलकुदलाई अगाडी वढाउने उद्देश्य सहित अगाडी वढेकोमा खुसी ब्यक्त गरे । गुरुङले स्काइ स्पोर्टसमा आइपर्ने कानुनी बाधा, सुरक्षा र लगानीको संरक्षणमा प्रदेश सरकारले सहयोग गर्ने समेत वताए ।

सो अवसरमा वोल्दै भाटभटेनी सुपरमार्केटका सञ्चालक मीन बहादुर गुरुङले ब्यवशायमा लगानी गर्न सकेको खण्डमा विदेश पलायन हुन नपर्ने भन्दै युवाहरुले भाटभटेनी संग मिलेर ब्यवशाय सञ्चालनमा ल्याउदा निकै खुसी लागेको वताए । स्काइ स्पोर्टसले आगामी दिनमा ब्यवशायलाई निरन्तरता दिदै गुणस्तरीय र ग्राहकमैत्री सेवा प्रदान गर्न समेत आग्रह गरे । त्यस्तै युवा ब्यवशायी कालु गुरुङले पोखरेली युवाहरुको लगानीलाई सवैले साथ दिनुपर्ने वताए ।

स्काइ स्पोर्टसका अध्यक्ष सुजन गुरुङले स्वस्थ जीवन शैली अपनाउनका लागी पोखरेलीलाई सुविधा होस भनेर एकै ठाउमा खेलका गतिविधी, सांगीतिक मनोरन्जन र खानाका परिकारहरु पस्कने उद्देश्य सहित ७ करोडको लगानीमा स्काइ स्पोर्टस सञ्चालनमा ल्याएको वताए । हालै सञ्चालनमा आएको स्काइ स्पोर्टसमा फुटसल, टेनिस, जिम, रेष्टुरेण्ट, बार, क्याफे लगायतका सेवा दिइने वताउदै अध्यक्ष गुरुङले स्काइ स्पोर्टसमा लन टेनिस, जिम, जुम्बा, कार्डियो, साउना, स्टिम, ज्याकोजी, पुल हाउस लगायतका सेवा सहित भर्चुअल रियालिटी र प्ले स्टेशनको समेत सुविधा प्रदान गरिएको वताए ।

स्काइ स्पोर्टसमा आउने ग्राहकहरुले सेवा प्राप्त गर्नका लागी कार्डको समेत ब्यवस्था गरेको छ । स्पोर्टसमा आउने ग्राहकहरुलाई लक्षित गरी तीन प्रकारको कार्डहरु सिल्भर, गोल्ड र प्लाटिनम कार्डको ब्यवस्था गरिएको छ । तीनवटै कार्डमा एक महिना देखी एक वर्ष सम्मको प्याकेजहरु रहनेछन । ८ सयदेखि एक लाख ५० हजारसम्मको प्याकेज रहने यी कार्डहरु मध्ये गोल्ड कार्डमा १० प्रतिशत, सिल्भरमा ७.५ प्रतिशत र प्लाटिनममा १५ प्रतिशत छुट दिइने सञ्चालकले जनाएको छ ।

पोखरा स्काई स्पोर्टसमा सुरज गुरुङ, हर्कराज गुरुङ ‘भाई’, सुदीप दवाडी, ओमकुमार लामा, शंकर भुजेल, आशिष गुरुङ र शरद पाठकको लगानी छ । स्काइ स्पोर्टले उद्घाटनको अवसर पारी मंसिर २८ गते शुक्रबारदेखी मंसिर १ गते आइतबार सम्म तीन दिन बेलुका पख विभिन्न कलाकारहरुको प्रस्तुती रहने गरी सांगीतिक कार्यक्रमहरु समेत गर्नेछ ।

कमेन्टहरु
Loading...