खोलाबेशी टोल बिकास संस्थाको बनभोज तथा चेलिबेटी भेटघाट कार्यक्रम

कृष्ण आचार्य ,पोखरा, ७ माघ /खोलाबेशी टोल बिकास संस्था पोखरा लेखनाथ ३१ ले रमाईलो बनभोज तथा चेलिबेटी भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । हिजो पोखरा लेखनाथ महानगरपालिका वडा नम्वर ३१ मा खोलाबेशी टोल बिकास संस्थाले बार्षिक कार्यक्रम अन्तरगत रमाईलो बनभोज तथा चेलिबेटी भेटघाट कार्यक्रम सम्पन्न गरेको   हो ।

कार्यक्रममा बोल्दै पोखरा लेखनाथ महानगरपालिका वडा नम्वर ३१ का वडा अध्यक्ष कमल बहादुर थापाले आफ्नो ध्यान सधै खोलाबेशीमा रहने गरेको बताउदै आफ्नो कार्यकालमा खोलाबेशीको बिकासमा जोड दिने बताए । खोलाबेशी टोल सबै सम्भावनाले उपयुक्त रहेकोले सामुहिक ब्यवसायमा अगाडी बढ्न टोलबासीलाई आग्रह गर्दै उनले यस टोलका हरेक काममा वडाको साथ र सहयोग रहने बताए ।

कार्यक्रममा जिल्ला समन्वय समितीका उपसभापती साबित्री भण्डारीले आफु खोलाबेशी टोलको जनप्रतिनिधी समेत रहेकोले सधै खोलाबेशीबासीको साथमा रहने बताईन्। निर्वाहमुखी कृषि पेसा अपनाउदै आएका टोलबासीलाई व्यवसाहिक कृषि पेसा अगल्न उनले आग्रह समेत गरिन्। हंसपुर इलाका प्रहरी कार्यलयका प्रमुख कृष्ण प्रसाद बेलबासेले खोलाबेशी बासीको दुखः र सुखमा आफुहरुको सधै साथ रहदै आएको बताउदै आगमी दिनमा पनि टोलबासीको साथमा रहने प्रतिबद्दता ब्यक्त गरे ।

सबिकको लेखनाथ नगरपालिकाको बिकट बस्थीका रुपमा परिचित खोलाबेशी टोलमा बसोबास गर्दै आएका, खोलाबेशी माईतीघर भएका र खोलाबेशी जन्मथलो रहेका बिच आपसी भेटघाट गराउने उदेश्यले बार्षिक रुपमा यस्ता कार्यक्रम सचालन गरिदै आएको खोलाबेशी टोल बिकास संस्थाका अध्यक्ष शंकर प्रसाद सुबेदीले जानकारी दिए ।

खोलाबेशी टोल बिकास संस्थाका अध्यक्ष सुबेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिका वडा नम्वर ३१ वडा सदस्य पुर्णखर पाण्डे, नवज्योति प्रथामिक बिध्यालयका प्रधानध्यापक बलराम बराल, टोल बिकास संस्थाका सचिब कृष्ण आचार्य, संस्थाका कोषाध्यक्ष  कमल सुबेदी लगायतले बोलेका थिए ।

कमेन्टहरु
Loading...