खास्टेतालको तालवराही मन्दीर मर्मत कार्य जारी

शिवरात्रीको अवसरमा निशुल्क आँखा शिविर हुने
पोखरा २९, माघ/लेखनाथ नगरपालीका वडा नम्वर ४ मा लोपउन्मुख अबस्थामा रहेको खाँस्टेतालमा अबस्थीत जिर्ण अबस्थामा रहेको तालवराही मन्दीरको पुनः मर्मतको लागि बुधबार सशस्त्र प्रहरीको टोलीले सहयोग गरेको छ । सशस्त्र प्रहरीको मुक्तिनाथ बाहिनि र सशस्त्र प्रहरी वल कालिका गण मालेपाटन पोखराको एक टोलीले बुधबार मन्दीर मर्मत तथा ताल संरक्षणमा सशस्त्र प्रहरी जवानहरु जनश्रमदानमा जुटेको खास्टेताल मन्दीर संरक्षण समितिका अध्यक्ष खेमराज बरालले बताए । सशस्त्र प्रहरी निरिक्षक चंगबहादुर तामाङको नेतृत्वमा ४९ जनाको एक टोली बुधबार सहयोगमा जुटेको थियो ।यस अघि सुरक्षा निकाय सशस्त्र प्रहरी वल तथा नेपाल प्रहरीको समेत सहयोग जुटेको थियो । पोखरा रामबजार निवासी राजेस गुरुङको पहलमा मन्दीर मर्मत अभियान जारी भएको तथा खास्टेतालको पुर्व–दक्षिण पट्टिको भाग सरसफाई गरीएको समितिका सचिव ईश्वरराज भण्डारीले बताए । समितिको अभियानमा जनजाग्रिति आमा समुह तथा खास्टेताल वराही आमा समुह, डाँडाको नाक प्रहरी चौकीका ईन्चार्ज खड्का खत्रीको एक टोलीले समेत सहयोग गरेको समितिले जनाएको छ ।

खाँस्टेतालमा रहेको तालवराही मन्दीर
खाँस्टेतालमा रहेको तालवराही मन्दीर

शिवरात्रीको अवसरमा फागुन १५ गते शिवधुनी लगाउनुका साथै दुध चढाउने कार्यक्रम समेत मन्दीरमा आयोजना गरीने भएको समितिले जनाएको छ । शिवरात्रीको अवसरमा विहानदेखि ताल परिसरमा आँखा सम्बन्धि एक दिने परामर्श तथा निशुल्कः आँखा शिविर समेत आयोजना गरीने भएको अध्यक्ष बरालले बताए । उक्त शिविर हिमालय आँखा अस्पतालको प्राविधिक सहयोगमा संचालन हुने भएको अस्पतालका नारायण बरालले बताए ।

अर्थ समिति संयोजक समेत रहेका पोखरा मनकामना दर्शन प्रालिका राजेश गुरुङले मन्दीर मर्मतमा ५१ हजार सहयोग गरेका छन । त्यसै गरी विभिन्न दाताबाट सहयोग रकम आउने क्रम जारी रहेको बताएका गुरुङले फागुन १५ भित्र उक्त मन्दीर मर्मत गरी एक जना पुजारी मन्दीरमा राख्ने गरी भौतिक संरचना निमार्णको कार्य जारी रहेको जनाए ।

कमेन्टहरु
Loading...