भदौरे तामागीको ठुलाखेतमा रहेको खहरे खोलाको पुल हस्तान्तरण

पोखरा, २६ वैशाख /कास्कीको भदौरेतामागी रहेको खहरे खोलामा निर्माण गरिएको फलामे पुलको आइतबार एक कार्यक्रमका बिच उद्घाटन संगै स्थानीयलाई हस्तान्तरण गरिएको छ । कास्कीका स्थानीय विकास अधिकारी दामोदर भण्डारीले पुलको उद्घाट गर्दे बालगृह सञ्जालले उदारणीय कार्य गरेको बताउनु भयो ।

भदौरे तामागीको ठुलाखेतमा रहेको खहरे खोलाको पुल हस्तान्तरण
भदौरे तामागीको ठुलाखेतमा रहेको खहरे खोलाको पुल हस्तान्तरण

उहाँले मोटरेबल पुलको लागी पनि कार्यअगाडी बडीसकेकोले केही समयपछि मोटरेबल पुल निर्माण हुने बताउनु भयो । स्थानीय लाई तत्तकालको लागि आवत जावतमा यही पुलले प्रत्यक्ष फाइदा पुग्ने उहाले बताउनु भयो ।२०७२ भदौ १४ गते आएको बाढीले त्यहा रहेको पुल बगाउदा त्यहाँका स्थानीय आवत जावतमा समस्या भोग्दै आएका थिए । बालगृह सञ्जाल कास्कीका अध्यक्ष गोमा ढकाल र सचिव विजय कुमार प्रधानको सक्रियतामा २७ वटा बालगृहबाट संकलीत रकम र पाहार ट्रष्ट नेपाल र नेपाल हाउस कास्कीको आर्थिक सहयोगमा ५ लाख ६३ हजार तिन सय ६३ रुपैयामा फलामे पुल निर्माण भएको अध्यक्ष गोमा ढकालले बताउनु भयो ।

ढकालले सरकारले निर्माण गर्ने मोटरेबल पुल निर्माण केही बर्ष लाग्ने तर विद्यार्थी बृद्धबृद्धा दैनीक खोला तर्दा जोखीम बढी भएकोले स्थानीयको आग्रहमा आफुहरुले पुल निर्माण गरेको बताउनु भयो । बालगृह सञ्जाल कास्कीका सदस्य कृष्ण आचार्यले थोरै लगानीमा निर्माण भएको पुलबाट पनि धेरै स्थानीय प्रत्यक्ष लाभान्वीत भएको बताउनु भयो ।

जिल्ला विकास समित कास्कीका समाजिक शाखा प्रमुख अर्जुन न्यौपानेले पुल निर्माणको बेला जिल्ला विकास समितिले तार जाली सहयोग गरेको बताउदै बालगृह सञ्जाल संग आफुहरुले समन्वय गरेको बताउनु भयो ।स्थानीय समाजसेवी विष्णु दाहालले राज्यको नजर त्यस क्षेत्रमा पर्न नसक्दा बालगृह सञ्जालले सहयोग गरेको भन्दै जिल्ला विकास समितिले विशेष सहयोग गर्नुपर्ने बताउनु भयो । बालगृह सञ्जालका महासचिव विजय कुमार प्रधानले गाउलेहरुको श्रमदान , बालगृहको श्रमदान र आर्थिक सहयोगलेनै पुल निर्माण गर्न सफल भएको भन्दै जिल्ला विकास समिति कास्कीले पनि जालीमा सहयोग गरेको बताउनु भयो ।

कमेन्टहरु
Loading...