काठमाण्डौंमा १० दिनको उपचार पछि विश्वका होचा खगेन्द्र डिस्चार्ज

पोखरा ३०, जेठ/काठमाण्डौंमा दश दीन उपचार पछि विश्वका होचा व्यत्तिको रुपमा विश्व कृर्तीमान राखेका खगेन्द्र थापा मगरको डिस्चार्ज भएको छ । खगेन्द्रको स्वास्थ्यमा सुधार आएकोले काठमाण्डौंको चिरायु अस्पतालले मंगलबार डिस्चार्ज गरेको खगेन्द्र थापा मगर प्रतिष्ठानका अध्यक्ष मिन बहादुर रानाले बताए ।

उद्यपी खगेन्द्रको बेहोस हुने कारण हालसम्म भने पक्ता लगाउन नसकिएको अध्यक्ष रानाले बताए । यस अघि खगेन्द्रको १२ दिन पोखरामा उपचार पछि थप उपचारको लागि काठमाण्डौं लगिएको थियो । मंगलबार अस्पतालले डिस्चार्ज गरे पनि भोलि बुधबार खगेन्द्र पोखरा फर्किने भएका छन । यस अघि उनको पोखरा, काठमाण्डौंका ४ वटा अस्पतालमा उपचार भएको हो । हालसम्म खगेन्द्र बेहोस हुने मुख्य कारण पक्ता लगाउन नसकिए पछि आफुहरुले उपचारको लागि गृह मन्त्री जर्नादन शर्मा प्रभाकरसंग मंगलबार भेटवार्ता गरेको प्रतिष्ठानका अध्यक्ष मिन बहादुर राना मगरले बताए ।

गृह मन्त्री शर्माले खगेन्द्रको स्वास्थ्य अबस्था हेरेर प्रधानमन्त्रीसंगको सहकार्यमा खगेन्द्रको उपचार गर्ने बिषयमा आफुहरुले छलफल गरेर केहि सहयोग गर्ने बताएका छन । आईतबार प्रधानमन्त्री शेरबहादुर देउवासंग खगेन्द्र सहितको टोलीले भेट वार्ता गरेको थियो । प्रधानमन्त्री देउवाले पनि खगेन्द्रको उपचारको लागि सहयोग गर्ने वचन दिएका छन ।

खगेन्द्रको उपचारमा हालसम्म पोखरा देखि काठमाण्डौंका अस्पतालले समेत निशुल्क उपचार गराउदै आएको प्रतिष्ठानले जनाएको छ । खगेन्द्रको उपचारमा सहयोग गर्ने अस्पताल प्रशासन प्रति प्रतिष्ठानले धन्यवाद दिदै आगामी दिनमा यस्तै सहयोगको अपेक्षा गरेको प्रतिष्ठानका अध्यक्ष रानाले बताए ।

अस्पतालको शुल्क बाहेक औषधिमा मात्र करिब ४० हजार खर्च भएको रानाले बताए । काठमाण्डौंको चिरायु, मनमोहन मेमोरियल मेडिकल कलेज, पोखराको पश्चिमाञ्चल क्षेत्रिय अस्पताल र फेवा सिटी अस्पतालले निशुल्क सेवा दिएका हुन । खगेन्द्र परिवारकोे आर्थिक अबस्था कमजोर भएकोले प्रतिष्ठानले विभिन्न अस्पताल तथा संंघ संस्थाबाट एवं व्यक्तिको सहयोगले स्वास्थ्य उपचार गर्दै आएको छ ।

कमेन्टहरु
Loading...