खानेपानी योजनाको लागि बजेटको अभाव हुदैनः सभापति कोइराला

पोखरा, ७ असोज / गण्डकी प्रदेशका सांसद एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले खानेपानी योजनाको लागि बजेटको अभाव नहुने बताउनु भएको छ ।

पोखरा महानगरपालिका वडानं ३२ चैनपूर सातमुहाने खानेपानी उपभोक्ता समूहको १८औं वार्षिक साधारण सभाको उद्घाटन गर्दे सभापति कोइरालाले सो कुरा बताउनु भएको हो । उनले कम्युनिष्ट सरकारले सवै जनतालाई स्वच्छ पानी खाने बातावण बनाउने बताए ।

एक घर एक धारा अभियान संचालन भइरहेको भन्दै गण्डकी प्रदेश सरकारले खानेपानीको क्षेत्रमा प्राथामिकतामा पारेर कार्य गरीरहेको उनको भनाई थियोे । चैनपूर सातमुहाने खानेपानी मर्मतको लागि प्रदेश सरकारले ४८ लाखको बजेट विनीयोजन गरेको जानकारी दिदै कोइरालाले धाराबाट थापेर सिधै पानी खाने गरि शुद्ध पानी वितरण हुनु पर्ने बताए ।

उनले पानी शुद्धिकरणको लागि योजना लिएर आउन स्थानीयलाई आग्रह गरे । योजना बनाएर आउनुस बजेटको अभाव हुने छैन कोइरालाले भने । सोही क्षेत्रका प्रदेश सांसद कोइरालाले कुनैपनि योजनाहरु सफलहुनको लागि स्थानीयहरुको चासो र साथ हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेकपाका नेता टिकाराम पंगेनीले २०५७ सालबाट शुरु भएको ढकाल खोला मुल बाट शुरु भएको योजनामा अहिले पाँच सय घर धुरी रहेको बताए । वडा नं ३२ का वडा सदस्य विष्णु तिवारीले सवैको लागि पानी महत्वपुर्ण हुने भन्दै मान्छेलाई पानीकै कराण ८० प्रतिशत रोग लाग्ने गर्ने गरेको बताए ।

वडाले पनि पानीको लागि प्राथामिकतामा राख्दै आएको बताए । कार्यक्रम चैनपूर सातमुहाने खानेपानी उपभोक्ता समूहका अध्यक्ष लक्ष्मीकान्त सापकोटाको अध्यक्षतामा भएको थियो ।

कमेन्टहरु
Loading...