एमाले प्रमुख सचेतक अधिकारीद्धारा दुई विद्यार्थीको अभिभावकत्व ग्रहण

पोखरा, ६ बैशाख/देशैभर बिद्यालय भर्ना अभियान चलिरहेका बेला नेकपा एमाले संसदीय दल प्रमुख सचेतक खगराज अधिकारीले दुई जना बिपन्न बिद्याथीलाई भर्ना गराउँदै उनीहरुकोे अभिभाकत्व ग्रहण गरेका छन् ।

अधिकारीले आफ्नो जन्मथलो बेगनासमा रहेको आनन्द ज्योती माध्यमिक बिद्यालयमा यमन सुनार र सौरभ रानाभाटलाई कक्षा १ मा भर्ना गराए ।

बिद्यार्थीलाई भर्ना गराउँदै अधिकारीले उनिहरुको उच्च शिक्षा सम्मको सम्पूर्ण जिम्मेवारी आफु लिने बताए । सो अवसरमा अधिकारीले बिद्यार्थीलाई आवश्यक पर्ने ड्रेस तथा शैक्षिक सामाग्री समेत प्रदान गरे ।

“समाजका हरेक व्यक्तिहरु स्वास्थ्य र शैक्षिक योग्यताले परिपुर्ण हुनुपर्दछ” अधिकारीले भन्ने “अब व्यबसायिक शिक्षालाई प्राथमिकता राख्दै हरेक बिद्यालयले तल्लो तहबाट प्राविधिक बिषयहरुलाई पढाउने व्यबस्था गर्नुपर्दछ” अधिकारीले बिद्यालयमा अध्ययन गर्ने अध्ययनशिल बिपन्न बिद्यार्थीहरुको उच्च शिक्षाको व्यबस्था गर्ने बताए । देशैभर बिद्यालय भर्ना अभियान चलिरहेको छ ।

कमेन्टहरु
Loading...