पुर्व विद्यार्थीले बनाए खैरेनी माबिको स्वर्णद्धार निर्माण

पोखरा, ६ माघ /खैरेनी माबि खैरेनिटारको २०४७ एसएलसी समूहद्धारा बिद्यालयको स्र्वण जयन्तिको अवसरमा स्र्वर्णद्धार निर्माण गरी हस्तान्तरण गरेको छ ।

स्कूलका २०४७ सालमा एसएलसी दिएका बिद्याथीहरुले आर्थिक तथा भौतिक सहयोग गरी निर्माण गरेको स्वर्णद्धारको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्विसुब्बा गुरुङले उद्घाटन गरे । समूहका संयोजक हरी थापाले बिद्यार्थीहरुले स्कूलप्रति उत्तरदायित्व बहन पर्ने मान्यताले बिद्यार्थीहरु एकजुट भए गेट निर्माण गरेको बताए ।

समूहका कोषाध्यक्ष रबिन्द्र पौडेलले धन्यवाद ज्ञापन गर्दै समूहका २९ जना बिद्यार्थीहरु भेला भएको, अहिलेसम्म समूहका ६० जना बिद्याथीहरु समूहमा सम्पर्कमा रहेको र समूहको यस कार्यमा साथ दिंदै २ जना स्वर्गिय बिद्यार्थीका परिवारले समेत स्वर्गिय बिद्यार्थीको तर्फबाट आर्थिक सहयोग गरेका जानकारी दिए ।

समूहका बिद्यार्थीहरुमध्ये कतिपय साथिहरु २८ बर्षपछि भेट हुंदा खुशीले गद्गद भई बिद्यालयका गतिविधीहरु अवलोकन गरेका थिए ।

कमेन्टहरु
Loading...