राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समितिमा पौडेल, खगराज आर्चाय सम्मानीत

पोखरा, २५ मंसिर/सामाजिक अभियन्ता रामबहादुर पौडेल राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति, नेपालको अध्यक्षमा चयन भएका छन् ।

संस्थाको आइतबार सम्पन्न २२ औं वार्षिक साधारण सभा तथा ११ औं सम्मेलनले पौडेलको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । नागरिक समाज पोखराका संयोजक पौडेल पोखरा उपत्यका बृहत सफाइ अभियानका संयोजक समेत हुन् ।

कार्यसमिति उपाध्यक्षमा पार्वती पौडेल र विष्णुहरि अधिकारी, महासचिवमा सुनिल पाण्डे, सचिवमा बसुन्धरा ढकाल, कोषाध्यक्षमा निर्मला कोइराला चयन भए ।

सदस्यमा ठाकुरप्रसाद बराल, हनिफ मियाँ, पवित्रा जिसी, कौशिला गुरुङ, कमलप्रसाद न्यौपाने, विन्ध्येश्वरी बराल र रामविक्रम अधिकारी छन् । रिक्त २ सदस्य कार्यसमितिको पहिलो बैठकले मनोनीत गर्नेछ । कार्यसमिति २ वर्षको हुनेछ ।

अधिकारकर्मी रामबहादुर पौडेल
अधिकारकर्मी रामबहादुर पौडेल

यसैबीच, ७० औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा मानवअधिकारकर्मी खगराज आचार्यलाई राष्ट्रिय सम्पदा मानवअधिकार पुरस्कारबाट सम्मानित गरियो ।

राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय पोखराका निमित्त प्रमुख नीतु गर्तौलाले आचार्यलाई उक्त पुरस्कारवापत १० हजार नगदसहित ताम्रपत्र हस्तान्तरण गरेकी थिइन् ।

संस्थाका अध्यक्ष शशी तुलाचनको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि गर्तौला, पोखरा लेखनाथ  महानगरपालिका कार्यालयका सहायक कार्यकारी अधिकृत यामलाल अधिकारी, प्रतिभा छनोट समितिका संयोजक वरिष्ठ अधिवक्ता तिलक पराजुली, वरिष्ठ अधिवक्ता तिलक आचार्य, स्वतन्त्र पत्रकार संघ नेपालका अध्यक्ष कृष्णप्रसाद बास्तोला, संस्थाका उपाध्यक्ष रामबहादुर पौडेल, छनोट समितिका सदस्य सुनिल पाण्डे, सामाजिक अभियन्ता शिवमाया श्रेष्ठ, संस्थाका महासचिव विष्णुहरि अधिकारी लगायत बोलेका थिए ।

कमेन्टहरु
Loading...