विश्व कीर्तिमानी बनाएका खगेन्द्रको पोखरामा शव यात्रासहित अन्त्येष्टि

पोखरा, ४ माघ / विश्वकै होँचा व्यक्तिका रुपमा विश्व कीर्तिमान बनाउन सफल खगेन्द्र थापा मगरको पार्थिव शरीरलाई शनिबार अन्त्येष्टि गरेको छ । शनिबार पोखरामा शव यात्रासहित खगेन्द्रको अन्तिम दाहसंस्कार गरिएको हो । उनलाई उनका ठुलाबुवा हिराबहादुर थापाले दागवत्र्ती दिए ।

पोखराको मणिपाल शिक्षण अस्पतालबाट शुरु भएको शवयात्रा नदीपुर, महेन्द्रपुल नयाँबजार हुदै रामघाटमा पुगेर खगेन्द्रको अन्तिम दाहसस्कार गरिएको थियो ।

स्वास्थ्यमा समस्या आएपछि बिहीबार पोखराको मणिपाल अस्पताल सघन उपचारकक्ष (आइसियु) मा भर्ना गरिएका खगेन्द्रको शुक्रवार दिउसो अस्पतालमा उपचारकै क्रममा निधन भएको थियो ।

गण्डकी प्रदेशको बागलुङ जिल्ला, वरेङ गाउँपालिका वडा नम्बर १ धुल्लुवास्कोटमा आमा धनमाया थापा मगर र वुवा रुपवहादुर थापा मगरको पहिलो सन्तानका रुपमा २०४९ साल असोज १८ गते जन्मेका खगेन्द्र थापा मगरले २०६७ सालमा विश्वकै होँचा व्यक्तिका रुपमा गिनिज वुक अफ वल्र्ड रेकर्डमा नाम लेखाएका थिए । उनी विश्व कै होचाका रुपमा १८ महिना रहेका थिए ।

कमेन्टहरु
Loading...