कास्कीकोट महोत्सवमा आयोजीत भलिबलमा लौरुक ए वि फाइनममा

पोखरा, २९ चैत्र /कास्की कोटमा जारी प्रथम कास्कीकोट चैते दशै महोत्सवको खुल्ला कविता प्रतियोगिता कार्यक्रम सम्मपन्न भएको छ ।

कविता प्रतियोगीतामा प्रथम तारानाथ पराजुली पर्वत प्रथम, अनिता दाहाल कास्कीकोट दोस्रो र कृतिका त्रिपाठी हेम्जा तेस्रो भएका थिए ।

भलिवल कप प्रतियोगितामा लौरुक ए र वि फाइनल प्रवेश गरेका छन् भने गैरावारी र आयोजक समुह तेस्रो स्थानका लागि भिड्ने खेल संयोजक वोदराज गिरीले जानकारी दिए । वडा नम्बर २४ स्तरीय रत्योली गितप्रतियोगीता संचालन भैरहेको वडा सदस्य अग्नीधर त्रिपाठीले जानकारी दिए ।

महोत्सवमा नेपालकै सर्वाधीक राशीको खुल्लाभजन चुट्का प्रतियोगीता, कास्कीकोट स्तरीय, कृषी तथा हस्तकला प्रर्दशनी, रत्योली प्रतियोगिता, खुल्ला कविता प्रतियोगीता, म्युजीकल चियर, रस्सा कसी, छेलो हान्ने, दौड प्रतियोगीता, लोप उन्मुख सरुन खेलको प्रर्दशन, नौमती तथा पञ्चे वाजा प्रर्दशनी आयोजना हुने छन् ।

कमेन्टहरु
Loading...