न्यायाधीशलाई गाउँलेको प्रश्न श्रीमान् विदेशमा हुदाँ श्रीमतीले सबै पैसा सक्दा के गर्ने ?

राजाराम पौडेल ÷ पोखरा, २१ बैशाख/कास्की जिल्ला अदालतको आयोजनामा कास्की जिल्लाको सैमराङ गाउँ विकास समितिको वडा नं. २ वार्चोकमा न्यायिक बाह्यपहुँच कार्यक्रम सम्पन्न भयो ।

न्यायाधीशलाई गाउँलेको प्रश्न श्रीमान् विदेशमा हुदाँ श्रीमतीले सबै पैसा सक्दा के गर्ने ?
न्यायाधीशलाई गाउँलेको प्रश्न श्रीमान् विदेशमा हुदाँ श्रीमतीले सबै पैसा सक्दा के गर्ने ?

स्थानिय अन्नपुर्ण सीता पोखरी प्रा.वि.को प्राङगणमा आयोजित कार्यक्रम न्यायमा महिलाको पहुँच, घरेलु हिँसा, महिला हिँसा, सम्बन्धविच्छेद, अंश, मानाचामल, यौन दुवर््यवहार, पारिवारिक सम्पतिक विवाद लगायतका विविध विषयमा केन्द्रित भएको थियो । बाह्यपहुँच कार्यक्रममा स्थानियले उठाएका जिज्ञासा जिल्ला न्यायाधीश, स्रेस्तेदार, तहसिलदार र सरकारी वकिल लगायतले मेटाएका थिए ।

कार्यक्रममा सहभागीहरुले सन्तान नभएको कारण श्रीमतीले सम्बन्धविच्छेद गरेमा अंश पाउने कि नपाउने, श्रीमान् विदेशमा हुदाँ श्रीमतीले सबै पैसा सक्दा समेत न्याय नपाउँदा के गर्ने, घरेलु हिँस्साको बारेमा उजुर गर्दा झन पछि पिडा दिएमा के गर्ने, महिला पुरुष बिचमा ज्याला भेदभाव छ यसलाई कसरी समान बनाउने भन्दै न्यायाधीश समक्ष प्रश्न गरेका थिए । त्यतिमात्र नभएर अंशवण्डा, अशिंयार, दाइजो, पेवा, मानाचामल, सम्बन्धविच्छेद, घरेलु हिँसा, दण्ड सजाय, पिडितले उजुरी दिने ठाउँ लगायतको बारेमा समेत उनीहरुले जिज्ञासा राखे ।

यसरी आएका प्रश्न र जिज्ञाशालाई कास्की जिल्ला अदालतका जिल्ला न्यायाधीशहरु अनन्तराज डुम्रे, नागेन्द्र लाल कर्ण, नरिश्वर भण्डारी, नारायणप्रसाद दाहाल र विष्णु प्रसाद गौतम, अदालतका स्रेस्तेदार कृष्ण प्रसाद नेपाल, तहसिलदार खुम प्रसाद भण्डारी, शाखा अधिकृत भोलाराज रेग्मी, पूनरावेदन सरकारी वकिल कार्यालयका सह–न्यायाधिबक्ता गणेश बाबु अर्याल, उप–न्यायाधीबक्ता योगनाथ ढकाल, सहायक जिल्ला न्याधिवक्ता स्वतन्त्र न्यौपाने र पर्शुराम पहारी, पूनरावेदन अदालत बार एशोसियसनका सचिव इन्द्र प्रसाद बरालले मेटाएका थिए ।

झण्डै तीन घण्टासम्म चलेको कार्यक्रममा सहभागी भई विभिन्न विषयमा जानकारी प्राप्त गर्न पाएकोमा स्थानिय महिला बढि उत्साहित थिए । कार्यक्रममा झण्डै एक सय जना स्थानियको सहभागिता थियो । कास्की जिल्ला अदालतका जिल्ला न्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा भएको कार्यक्रममा, जिल्ला न्यायाधीश नागेन्द्र लाल कर्णले स्वागत, अदालतका तहसिलदार खुम प्रसाद भण्डारीले धन्यवाद ज्ञापन गरेका थिए । अदालतका स्रेस्तेदार कृष्ण प्रसाद नेपालले सहजीकरण गरको कार्यक्रममा स्थानिय बुद्धिजिवी छवि प्रसाद गुरुङ, सहभागीको तर्फबाट कुस्मी गुरुङले बोलेकी थिइन् ।

कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोष अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय सिक्लेस समेतको सहयोग रहेको थियो । कास्की जिल्ला अदालतले परामर्श सेवा, बारबेन्च अन्र्तक्रिया, स्थानिय निकायका सचिव र तामेल्दारबिच अन्र्तक्रिया, सरकारी वकिल र प्रहरिबिच अन्र्तक्रिया, सञ्चारकर्मीसँग अन्र्तक्रिया, सरोकारवालाबिच अन्र्तक्रिया लगायतका कार्यक्रमको आयोजना गरि न्यायमा जनताको सहज पहुँच पु¥याउने कार्य गर्दै आएको स्रेस्तेदार कृष्ण प्रसाद नेपालले बताए ।

कमेन्टहरु
Loading...