Ganthan News Pokhara
All news from Pokhara & around

कास्की प्रहरीका एसपी ओम रानाको सरुवा, दानबहादुर कार्की आउने

0

पोखरा, १३ जेठ /जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपि ओमबहादुर रानाको सरुवा भएको छ ।

करिब १४ महिनापछि रानाको प्रहरी प्रधान कार्यालय जनसम्पर्क तथा प्रचारप्रसार शाखामा सरुवा भएको हो ।

अघिल्लो बर्षको बैशाख अन्तिम साता राना कास्कीमा आएका थिए । कास्कीको नयाँ प्रमुखको रुपमा एसपि दानबहादुर कार्की आउने भएका छन् ।

उनी हाल प्रहरी प्रधान कार्यालय, महानिरीक्षकको सचिवालयमा कार्यरत छन् ।

Get real time updates directly on you device, subscribe now. (अपडेटहरू सिधै तपाइँको ब्राउजरमा प्राप्त गर्न सब्स्क्राइब् गर्नुहोस्।

अरु सम्बन्धित खबरहरु