कास्की एक जना रेड जोनमा, गण्डकीका थप ५ जनाको कोरोना निको

पोखरा, ३१ जेठ / स्वास्थ्य तथा जनसख्या मन्त्रालयले निर्माण गरेको एपमा विवरण भर्दा कास्की एक जना रेड जोनमा परेका छन् ।

आफ्नो स्वास्थ्यका आधारमा एपमा विवरण भर्दा कास्कीका एक जना रेड जोनमा परेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयका प्रव्क्ता जागेश्व गौतमले जानकारी दिए ।

उनले रेड जोनमा ४ सय ९७ जना भएको भन्दै शनिबार दुई जना थपिएको बताए । गण्डकी प्रदेशमा थप ५ जना निको भएर घर फर्किए सगँ निको हुनेको सख्या १६ पुगेको छ । निको हुनेमा बाग्लुङका दुई जना, नवलपुर, कास्की र गोरखाका एक एक जना रहेका छन् ।

पोखरामा विरामी भएर काठमाडौँको हेम्स अस्पतालमा कोरोनको संक्रमण पुष्टी भई सोहि अस्पतालमा उपचाररत पोखरा महानगरपालिका ८ का वर्ष ६० पुरुष निको भई अस्पतालबाट डिस्चार्ज भएका छन् ।

गण्डकी प्रदेशमा अहिले सम्म १ सय ९७ जनामा कोरोना संक्रमण देखिएको छ भने १ जनाको मृत्यु भएको छ ।

कमेन्टहरु
Loading...