कास्कीमा क्वारेन्टाइनमा रहेका एक ब्यक्तिको मुटुरोगबाट मृत्यु

पोखरा, १२ चैत / पोखरामा क्वारेन्टाइनमा रहेका एक व्यक्तिको मृत्यु भएको छ ।

भारतको हैदराबादबाट फर्किएका कास्कीको रुपा गाउँपालिकाका ५० वर्षीय एक ब्यक्तिको मृत्यु भएको हो । उनी रुपा गाउँपालिकाले मंगलबार देखी सञ्चालन गरेको क्वारेन्टाइनमा बसेका थिए ।

आज एक्कासी ढलेपछि उनको थप उपचारका लागि पश्मिाञ्चल क्षेत्रीय अस्पताल पोखरा ल्याएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

उनी १२ दिनअघि भारतबाट नेपाल आएको रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले जानकारी दिए ।

कमेन्टहरु
Loading...