अपराध अनुसन्धानमा उल्लेखनीय काम गरेको भन्दै कास्की प्रहरीलाई सम्मान

पोखरा, २१ असोज/ अपराध अनुसन्धानमा उल्लेख्नीय काम गरेको भन्दै कास्की प्रहरीलाई किराँत सेवा समाज कास्कीले सम्मान गरेको छ ।

नेपालको पूर्वी भेगमा घर भइ विभिन्न कामको शिलशिलामा पोखरा बसोवास गर्नेहरुको समुह किराँत सेवा समाज कास्कीले अपराध

अनुसन्धानमा उल्लेखनीय काम गर्न सफल भएको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरिक्षक ओम बहादुर राना मगर,

कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक रविन्द्रमान गुरुङ र वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरिक्षक नविन कार्कीलाई

सम्मान गरेको हो ।

पछिल्लो समय मुलुकमा बलात्कार, हत्या र यौन दुब्र्यवहारको घटना वढिरहदा कास्कीमा समेत यस्ता घटना घटेको र घटनामा संलग्नलाई

१८ घण्टा भित्र पक्राउ गर्नुका साथै विभिन्न अपराधमा संलग्नहरुलाई कारबाहीको दायरामा ल्याउन सफल भएको भन्दै किराँत सेवा समाज

कास्कीले कास्की प्रहरीलाई सम्मान गरेको हो । नेपालीहरुको महान पर्व दशै, तिहार र छठको अवसरमा किराँत सेवा समाजले आयोजना

गरेको शुभकामना आदान प्रदान कार्यक्रमको बीच कास्की प्रहरीलाई सम्मान गरेको हो ।

कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ, किराँत सेवा समाज कास्कीका वरिष्ठ संरक्षक डाक्टर

लक्ष्मी प्रसाद राइ, किराँत सेवा समाज कास्कीका अध्यक्ष लोकेन्द्र राइ लगायतले फेता, अविर, खादा, माला र नगद सहित सम्मान गरेको

थियो । कार्यक्रममा नगद सम्मानको ब्यवस्था होटेल डे कोटयार्ड काठमाण्डौ भक्तपुरका प्रमुख सरु महतले गरेका थिए ।

सो अवसरमा वोल्दै गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले समाजले राम्रो काम गर्नेलाई सम्मानको साट्टो कुरा

काट्दै हिड्ने गरिरहेको वर्तमान अवस्थामा किराँत सेजा समाजले कास्की प्रहरी जो अपराधमा संलग्नलाई तत्काल पक्राउ गर्न सफल भएकोमा

सम्मान गरी राम्रो काम गर्नेलाई बधाइ तथा सम्मान दिनुपर्छ भन्ने पाठ सिकाएको वताए । किराँत एउटा जाति नभइ सभ्यता भएकाले यसको

पहिचान नेपालको इतिहांसमा छुट्टै रहेकाले पछिल्लो समय पूर्विय र पश्चिमी सभ्यताले नेपाली समाजमा असर पारिरहेकाले यसबारेमा

किरांत सेवा समाजले ध्यान दिनुपर्ने मन्त्री गुरुङको भनाइ रहेको थियो ।

उक्त अवसरमा किराँत सेवा समाजका अग्रज ब्याक्तित्वहरु गणेश देवान, नीर कुमार राई, तुल बहादुर देवान लगायतलाई समेत सम्मान

गरिएको थियो । किराँत सेवा समाज कास्कीका अध्यक्ष लोकेन्द्र राइको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष मन कुमार

मुखियाले स्वागत मन्तब्य ब्यक्त गरेका थिएभने सङगीतकार श्रीमान थुलुङ र रजनी राइले सांगीतिक प्रस्तुती प्रस्तुत गरेका थिए ।

कार्यक्रमको सञ्चालन सचिव नविन राइले गरेका थिए ।

कमेन्टहरु
Loading...