कास्कीमा कोरोना पोजेटिभ रिपोर्ट छैन -स्वास्थ्य मन्त्रालय

कोरोना परीक्षण
0 584

पोखरा, २१ चैत/ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कास्कीमा अहिलेसम्म कुनै पनि व्यक्तिमा कोरोना संक्रमणको पोजेटिभ रिपोर्ट नभेटिएको बताएको छ ।

पोखरामा स्थापना गरिएको प्रयोगशालामा कुनै केस शंकास्पद भयो भने दोर्होयाएर काठमाडौंमा पनि हेर्ने गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।

गण्डकी प्रदेशमा कोराना भाइरसको प्रगोगशाला स्थापना भएपछि प्रदेशस्तरीय कोरोना रोकथाम समितिका संयोजक मन्त्री किरण गुरुङले एकजनामा पोजेटिभ रिपोर्ट देखिएको बताए पछि सन्चार माध्येमहरुमा समाचार आएको थियो ।

Get real time updates directly on you device, subscribe now.

👇 यी पोस्टहरु पनि हेर्नुहोस् ।
Loading...