कास्कीमा शनिवार विश्व प्राथमिक उपचार दिवस मनाईदै

पोखरा, २५ भदौ /प्राथमिक उपचारको महत्व झल्काउन विश्व प्राथमिक उपचार दिवस शनिवार विभिन्न कार्यक्रम गरि मनाईदै छ । दिवसकै अवसर पारेर नेपाल रेडक्रस सोसाईटी कास्कीले भदौ १९ देखि सप्ताहव्यापी कार्यक्रम आयोजना गरेको थियो ।

महेन्द्र उच्च मावि, अमरज्योति, पिसजोन र लोटस एकेडेमीमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता, विभिन्न सञ्चारमाध्यममा दिवसबारे प्रचारप्रसार, प्रशिक्षकहरुको भेला समेत सम्पन्न भईसकेको शाखाका मन्त्री कृष्ण तिमिल्सीनाले जानकारी दिनुभयो ।

दिवसकै अवसरमा सैनिक आवासीय महाविद्यालयमा विद्यार्थीहरुलाई विद्यालयस्तरीय प्राथमिक उपचार तालिम प्रदान गरिएको छ । शुत्रवारदेखि शुरु तालिम शनिवार सकिने छ । तालिममा रक्तश्राव, क्षोभ, हाड भचाई र मर्काइ, बेहोसी, मुर्छा, पोलाई, दुःखाई, प्राथमिक उपचारको उदेश्य लगायतको विषयमा सहजिकरण गरिएको रेडक्रस कास्कीका सदस्य एवम् प्राथमिक उपचार समितिका संयोजक सुर्यप्रसाद ढकालले जानकारी दिनुभयो ।

मुख्य दिन शनिवार प्राथमिक उपचार प्रतियोगिता आयोजना गरिएको छ । यस वर्ष बालबालिकाका लागि र बालबालिकाद्धारा प्राथमिक उपचार भन्ने मुल नाराका साथ विश्व प्राथमिक उपचार दिवस मनाईदै छ । प्रत्येक वर्ष सेप्टेम्बर १० तारिखमा यो दिवस मनाईदै आएको छ ।

कमेन्टहरु
Loading...