माध्यमिक शिक्षा परिक्षा सुरु (एसईई), कास्कीमा ४ दृष्टिविहीन, १५ सुस्तश्रवण

पोखरा, ३ चैत /एसएलसी परिक्षा प्रणाली हटेपछि पहिलो पटक सुरु भएको माध्यमिक शिक्षा परीक्षामा (एसईई) कास्कीमा ४ दृष्टिविहीन, १५ सुस्तश्रवण सहित १० हजार ७ सय ६१ जना विद्यार्थी सहभागि भएका भएका छन् । बिहीबारको परिक्षा शान्तिपुर्ण रुपमा सम्पन भएको जिल्ला शिक्षा अधिकारी दिपेन्द ढकालले जानकारी दिए ।

परिक्षामा नियमित तर्फ १० हजार ६ सय विद्यार्थी छन् । त्यसमा ५ हजार ४ सय ४१ छात्र र ५ हजार २ सय ११ छात्रा छन् । इक्जाम्टेड तर्फ १ सय १ जना र ग्रेड बृद्धिका लागि १ सय ३२ जनाले परिक्षा सहभागी भएको उनले जानकारी दिए ।

यसपालिको परिक्षा दिनबाट कास्कीमा १ सय ७१ जना भने अयोग्य ठहरीएको जिल्ला शिक्षा कार्यालय कास्कीले जानकारी दिएको छ । नियमित कक्षामा ७० प्रतिशत हाजिरी नपुगेका विद्यार्थी परिक्षामा सहभागि हुन नपाउने भएका हुन् । यस्तै यसपालि दृष्टिविहीन ४ जनाले परिक्षा दिदैछन् । अम्मरसिंह नमुना माविका २ र जनप्रकास माविका २ जना दृष्टिविहीन विद्यार्थीले परीक्षामा सहभागि भएका हुन् । यस्तै सुस्त श्रवण १५ विद्यार्थीले परिक्षा दिएका छन् । उनीहरु सिर्जना बहिरा माविका विद्यार्थी रहेका छन् ।

कास्कीमा प्राविधिक तर्फ ४७ विद्यार्थीले परिक्षार्थी, कारागारमा ४ जना र बाल सुधार गृहमा रहेका १० विद्यार्थी परिक्षामा सामेल भएका छन् । कास्कीमा ३१ परिक्षा केन्द्रमा ३३ केन्द्राध्यक्ष, ५३ जना सहायक केन्द्राध्यक्ष, ४ सय ५४ निरिक्षक, २ सय ३३ सहयोगी र २ सय २५ सुरक्षाकर्मी खटीएका छन् ।

पहिलो दिन बिहीबार अनिवार्य अंग्रेजी विषयको परीक्षा सकीएको छ । त्यसैगरी चैत ४ गते अनिवार्य नेपाली, चैत ६ गते अनिवार्य गणित, चैत ७ गते अनिवार्य विज्ञान, चैत ८ गते स्वास्थ्य जनसंख्या तथा वातावरण शिक्षा, चैत ९ गते संस्कृततर्फ अनिवार्य संस्कृत भाषा, चैत १० गते ऐच्छिक गणितको परीक्षा संचालन हुनेछ ।

माध्यमिक शिक्षा परिक्षा एसईईको परिक्षा दिदै विद्यार्थी । तस्विरः सञ्जय शाक्य
माध्यमिक शिक्षा परिक्षा एसईईको परिक्षा दिदै विद्यार्थी । तस्विरः सञ्जय शाक्य
माध्यमिक शिक्षा परिक्षा एसईईको परिक्षा दिदै दृष्टिविहीन विद्यार्थीको अनुगन गर्दै । तस्विरः प्रदिप पौडेल

कमेन्टहरु
Loading...