कास्कीको ढिकुरपोखरीमा एकजनाको हत्या

गोकुल बानियाँ/पोखरा २३ असोज । कास्कीको ढिकुरपोखरीमा आज एक जनाको हत्या आशंका गरेका छन् ।  पोखरा बाग्लुङ राजमार्ग अन्तर्गत ढिकुरपोखरी २ मा सराङ्गकोटका २८ बर्षिय मधुसुदन अधिकारीको हत्या भएको हो । बसको ठक्करले ज्यान गएको प्रारम्भिक अनुमान गरिएपनि उनको हत्या भएको आशंका छ । आज बिहान काठमाडौंबाट बाग्लुङ्ग जादै गरेको ना ५ ख ८७४ नम्बरको बसले ग २ प ९६६८ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा चालक अधिकारीको मृत्यु भएको भनिएपनि उनको हत्या आशंका गरिएको छ ।

घटनास्थल नजिकै रगतले लत्पतिएको दुई वटा खुकुरी र लाठी भेटिएको स्थानिय युवराज खतिवडाले जानकारी दिए । स्थानियले घटनास्थलमा हत्यामा प्रयोग भएका सामाग्री भेटिएको जानकारी गराएपछि बिहान सडक दुर्घटनाको मुचुल्का उठाएको प्रहरीले पुन ः अनुसन्धानमा खटिएको छ । थप अनुसन्धानको लागि वडा प्रहरी कार्यालय बगरबाट प्रहरी निरिक्षक रोशन खड्काको टोलि पुन ः घटनास्थल पुगेको छ ।

पारिवारिक रिसिईबीको कारण उनको हत्या भएको आफन्तले आशंका गरेका छन् । गाउकै दलित युवतिसंग बिहे गर्ने बिषयमा १५ दिन अघि मात्र उनलाई ज्यान मार्ने धम्की आएको र बस चालकको संलग्नतामा उनको हत्या गरिएको हुनसक्ने आफन्तले आशंका गरेका छन् । घटनास्थलको प्रकृति हेर्दा अन्यत्रै हत्या गरी सडक दुर्घटनाको कारण देखाउन उक्त स्थानमा ल्याईएको स्पष्ट हुने प्रत्यक्षदर्शीले बताएका छन् । घटना बिहान भएको भनिएपनि राति हत्या भएको आशंका गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले भने अधिकारीको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारका क्रममा ज्यान गएको बताएको छ । सोहि घटनामा घाईते भएका ३६ बर्षिय सुमन नेपालीको चरक अस्पतालमा उपचार भइरहेको छ । बस र चालकलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ । शबलाई पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा राखिएको छ ।

कमेन्टहरु
Loading...