कास्कीमा नगरपालीका र गाउँपालिकाका दुई मोडल (कुन कुन कता सहित

रोहितराज पराजुली

पोखरा, २२ कात्तिक/स्थानीय तह पुनः संरचनाको लागि कास्कीबाट दुई मोडलको खाका तयार गरि राज्य पुनर्संरचना आयोगमा पठाईएको छ । पहिलो खाकामा १ महानगरपालीका र ५ गाँउपालीका गरि ६ बटा स्थानिय तह र दोस्रोमा १ महानगरपालीका , १ नगरपालीका र ३ गाँउपाालीका गरि ५ वटा स्थानिय तह रहने खाका केन्द्रमा पठाईएको समितिले जानकारी दिएको छ ।

आयोगले कास्कीमा बढीमा ६ केन्द्र बनाउन दिएको सिफारी अनुसार संरचनाको खाका तयार पारेको समितिका पदाधिकारीको भनाई छ । पहिलो खाका अनुसार पोखरा केन्द्र रहने गरि भदैरेतामागीको ३, ४, ५, ६, ७, ८ र ९ नम्बर बडा, चापाकोट, धम्पुस १ देखि ५ नम्बर वडा, कास्कीकोट, माझठाना १, ४, ५, ६, ७, ८ र ९ नम्बर बडा,मौजाको २,४,७,८ र ९ नम्बर बडा , पुरुन्चौर गाबिस सगै पोखरा र लेखनाथ नगरपालीका गाभेर ३५ बडा र ४ लाख १४ हजार २ सय ७१ जना जनसंख्या रहेको पोखरा लेखनाथ महानगरपालीका सिफारी गरेको छ ।

फालभन्ज्याङ केन्द्र रहने गरि देउराली , हंसपुरका ४,६,७ र ९ नम्बर बडा,रुपाकोट ,सिद्ध र थुम्कि गाबिस गाभेर ७ बडा र १४ हजार ४ सय १९ जना जनसंख्या रहेको रुपा गाँउपालीका रहेको छ । कालीकाका ६ देखी ९ नम्बर वडा, मौजाका १, ३ देखि ६ नम्बर वडा, नामाजुङ, पार्चे, सिल्दजुरे र थुमाकोडाँडा गाबिस गाभेर ७ वडा र ११ हजार ९० जना जनसंख्या सहितको मादी–१ गाँउपालीका सिफारीसमा छ ।

कास्कीमा गाउँपालिका र नगरपालिकाको खाका
कास्कीमा गाउँपालिका र नगरपालिकाको खाका

भाचोक, मिजुरेडाँडा , माझठानाका २,३ र ५ नम्बर वडा, हंसपुरका ५र८ नम्बर वडा र सैमराङ गाबिस गाभेर ५ वडा सहितको ७ हजार ८ सय २५ जना रहेको मादी–२ गाँउपालीका । लाहाचोक केन्द्र रहने गरि धम्पुसका ६ देखि ९ नम्बर बडा ,धिताल,घाचोक,लाहाचोक, ल्बाङघलेल, माछापुच्छ्र्रे , रिभान र सादीखोला गाभेर ९ बडा र २० हजार ९ सय ७६ जना रहेको माछापुच्छे गाँउपालीक ।

काँढे केन्द्र रहने गरि भदौरेतामागिका २ र ३ नम्बर बडा ,दाङसिङ,ढिकुरपोखरी, धान्दु्रक,लुम्ले र सल्यान गाभेर १० बडा र २३ हजार ४ सय १७ जना रहेको अन्नपुर्ण गाँउपालीका गरि ६ तह सहितको पहिले खाका बनाईएको छ । यसै गरि द्रसो खाकामा पोखरा केन्द्र रहनेगरि भदैरेतामागीको ३ देखि ९ नम्बर बडा,चापाकोट ,धम्पुस १ देखि ५ नम्बर बडा ,कास्कीकोट , मौजा , पुरुन्चौर र पोखरा नगरपालीका गाभेर ३४ बडा र ३ लाख ४१ हजार ६ सय ८४ जना जनसंख्या रहेको पोखरा महानगरपालीका ।

कास्कीमा गाउँपालिका र नगरपालिकाको खाका
कास्कीमा गाउँपालिका र नगरपालिकाको खाका

लेखनाथ केन्द्र रहने गरि देउराली , हंसपुर , कालीकाको १देखि ५ नम्बर बडा, माझठाना, रुपाकोट ,सिद्ध , थुम्कि र लेखनाथ नगरपालीका गाभेर १४ बडा र ८९ हजार २ सय २४ जना जनसंख्या रहेको लेखनाथ नगरपालीका । भाचोक ,कालीकाका ६ देखी ९ नम्बर बडा ,मिजुरेडाडा ,नामाजुङ , पार्चे , सैमराङ, सिल्दजुरे र थुमाकोडाँडा गाबिस गाभेर १० बडा र १६ हजार ७ सय ९७ जना जनसंख्या सहितको मादी गाँउपालीका ।

लाहाचोक केन्द्र रहने गरि धम्पुसका ६ देखि ९ नम्बर बडा ,धिताल,घाचोक,लाहाचोक, ल्बाङघलेल, माछापुच्छ्र्रे , रिभान र सादीखोला गाबिस गाभेर ९ बडा र २० हजार ९ सय ७६ जना रहेको माछापुच्छे गाँउपालीक । काँढे केन्द्र रहने गरि भदौरेतामागिका १ र २ नम्बर बडा ,दाङसिङ, ढिकुरपोखरी, धान्दु्रक,लुम्ले र सल्यान गाबिस गाभेर १० बडा र २३ हजार ४ सय १७ जना रहेको अन्नपुर्ण गाँउपालीका सहित ५ तह सहितको द्रोसो खाका बनाईएको छ । आयोगले यस अघि कास्कीमा बढीमा ५ तह बनाउने गरि सिफासिर गरेको भएपनि संख्या कम भएको भनी तीन मोडलको खाका बनाए केन्द्रमा पढाईएको थियो ।

कमेन्टहरु
Loading...