कास्कीका विभिन्न ठाउँमा असिना

पोखरा, १८ फागुन /कास्की विभिन्न ठाउँमा शुक्रबार असिना परेको छ । हावाहुरी र पानीसंगै परेको असिनाले हिउँदे बालीमा क्षति पुर्याएको छ । कतिपय बालिलाई भने लामो समय पछि परेको पानीले फाइदा पुगेको छ ।

मादी गाउँ पालिकाको सिक्लेस, माछापुच्छे गाउँ पालिकाको भेडाबारी लगाएतका ठाउँमा असिना परेको स्थानीयले जानकारी दिएका छन् ।

केही दिन पहिले परेको असिनाले पोखरा लेखनाथ महानगरपालीका वडा नम्वर ३१ को खोलाबेशी, बेगनास, वडा नम्वर २८ को माझठाना,बित्यनी, मादी गाँऊपालिका वडा नम्वर १२ को लिपेनी, कमलटारी, रुपा गाँऊपालिका वडा नम्वर ७ को काउरे, स्याक्लुङ्ग, हंसपुर लगायतको ठाउँमा असिनाले हिउँदे बालीमा ठुलो क्षति पुर्याएको थियो।

कमेन्टहरु
Loading...