कास्कीकोट कश्यप ताल सरसफाईमो जुटे युवा

पोखरा, ३० साउन /कास्कीकोटमा रहेको पौराणीक तथा ऐतिहासीक कश्यप ताल सरसफाई कार्यक्रम शनिवार सम्पन्न भएको छ । हाम्रो कास्कीकोट फेसवुक ग्रुपले आयोजना गरेको ताल सरसफाई कार्यक्रम मा स्वत स्र्फुत रुपमा युवाहरुको उपस्थीती रहेको थियो ।

कास्कीकोटको कश्यप ताल सरसफाईमा जुटे युवा
कास्कीकोटको कश्यप ताल सरसफाईमा जुटे युवा

जल्कुम्भी झार जस्तै अन्य प्रजातीको झारले ताल दिन प्रति दिन कुरुप वन्दै गएको र पर्यटकहरुलाई समेत दृश्यवालकन गर्दा नराम्रो भएकाले सरसफाई अभियान नै चलाउनु परेको हाम्रो कास्कीकोट फेस वुक गु्रप तथा कार्यक्रम संयोज गौरव त्रिपाठीले वताए ।

शनिवार ताल सरसफाई कार्यक्रममा स्थानीय स्तरमा वनाइएका ढुङ्गाको निमार्ण गरी घरयासी सामाग्रीहरुको प्रयोगले सरसफाई कार्यक्रम संचालन गरीको थियो । कार्यक्रमा स्थानीय विभिन्न युवा क्लव महिला समुह रेडक्रस स्काउट कलाकार समेतको वाक्लो सहभागीता रहेको थियो ।

सरसफाई कार्यक्रम सगै कश्यप ताल किनारमा विश्व मानै पहिलो पटक सृजना गरीएका रंगीन कपडाका टुक्राहरुको प्रयोग ले कलात्मक रुपमा सृजना गरीएका कलकार वावुराम वस्ताकोटी कस्केलीका चित्रहरुको पनी प्रर्दशन गरीएको थियो । अव अन्य दिनहरुमा पनि यस्तै अन्य अभियान चलाउने तयारीमा रहेको गु्रपका चन्दे्रश्वर वस्ताकोटीले वताएका छन् । कश्यप ताल जहा कश्यप ऋषी ले स्नान गर्ने गर्थे तिनै कश्यप ऋषीको नाम वाट कास्की जिल्ला नामाकरण भएको हो ।

कमेन्टहरु
Loading...