कास्कीकोटमा दशै उत्सव हुने, नेपालमै लोप उन्मुख सराङ खेलको प्रर्दशन

पोखरा ७ असोज /कास्कीकोटमा रहेको गुप्तकालीका मन्दीरमा सधै झै यस वर्ष पनि विजया दशमीको अवसरमा नव दुर्गा उत्सव हुने भएको छ । तान्त्रीक र वैदीक तरीकाले पुजाहुने गुप्तकालीका मन्दीरमा घस्थापना देखी दशमी सम्म पाणा पुजारीहरु मन्दीरमा नै वसेर गुप्तकालीकाको पुजा गर्ने गर्दछन् ।

दशै वेला यहाँ नेपालमा नै लोप उन्मुख सरुङ खेल र मालश्री धुन प्रस्तुत गरीने गुप्तकाली काश्यप धार्मीक क्षेत्र विकास समीतीका सचिव तथा इतिहास विद ठाकुर प्रसाद त्रिपाठीले वताउनु भयो । दशैको वेलामा वजाइने नगरा र नेपालकै सत्रौ शताव्दीका ढाल तरवारहरु लगाएत धोपहरुको समेत प्रर्दशन गरीने संस्कृतीको संरक्षण सगै धार्मीक पर्यटनको प्रवर्दनमा सहयोग गरौ भन्ने नारा सहित दशै उत्सव गर्न लागीएको गुप्तकाली काश्यप धार्मीक क्षेत्र विकास समीतीका अध्यक्षय दिलीप विक्र शाहीले वताउनु भयो ।

घटस्थापनाको दिन विधीवद तरीकाले मन्दीरमा प्रवेश गरीन्छ सप्तमीका दिन पोखराको राम घाट वाट ल्याइएको फुल पत्र र कुँवर जातीको सरुङ खेल सगै मन्दीरमा भित्राइने मन्दीरका पुजारी कृष्ण प्रसाद उपाध्याँले जानकारी दिनु भयो । अष्ठमीका दिन राती काल रात्रीको पुजा गरेर नवमीका दिन पञ्चवली दिने र दशमीको दिन गुप्तकालीका मन्दीरमा टिका लगाए पछि विधीवत रुपमा फुल वास्पानीमा लगेर विसर्जन गर्ने गरीन्छ ।

दशै उत्सवमा भतm जनहरुको सजिलोको लागी विभिन्न उप समिती निमार्ण गरीएको छ । गुप्तकालीका मन्दीरमा दशैको दश दिन दैनिक विभीन्न देवीको पुजाहुने गर्दछ । गुप्तकालीको दर्शन गर्नाले मनको इच्छा पुराहुने जन विश्वास रहेको छ । यहाँ पुजा गर्न तथा पञ्चवली भाकलहरु गर्नेहरुको दैनीक भिड लागने गर्छ । गुप्तकालीका मन्दीरमा कास्की राज्यको स्थापना सगै यहाँ हरेक दशैमा विषेश पुजा हुदै आएको छ यस ठाउँ वाट नै कास्की जिल्लाको नामाकरण भएको हो ।

कमेन्टहरु
Loading...