Ganthan News Pokhara
All news from Pokhara & around

कारागारलाई डस्टबिन

0

पोखरा, २४ साउन / कास्की कारागारलाई सन्जु वेस्ट म्यानेज्मेन्ट कम्पनी प्रालिले डस्टबिन सहयोग गरेको छ । कारागारको फोहोरमैला व्यवस्थापन गर्न सहज होस् भनी डस्टविन हस्तान्तरण गरिएको हो ।

प्रालिका अध्यक्ष सन्जु गुरुङले कास्की कारागारमै पुगेर डस्टविन हस्तान्तरण गरेकी हुन् । कारागारका जेलर हरिप्रसाद गौतमले कास्की कारागार नेपालकै व्यस्थित कारागारमा पर्ने उल्लेख गरे । उनले यसरी नागरिकले गर्ने सहयोगले कारागारलाई सुविधासम्पन्न बनाउन र जनसम्बन्ध बनाउन सहयोग पुग्ने बताए ।

कास्की कारागारमा करिब ८ सय जना बस्छन् । ४ सय जना क्षमताको कारागारमा ७ सय ३१ कैदीबन्दी छन् । यहाँ ४० सुरक्षाकर्मी र १३ कर्मचारी कार्यरत छन् । सन्जु वेस्ट म्यानेज्मेन्ट कम्पनीका प्रबन्ध निर्देशक सन्जु गुरुङ महानगरलाई स्वच्छ राख्न, नागरिकलाई सरसफाइबारे चेतना जनाउन सामाजिक उत्तरदायित्व वहन गर्दै कम्पनी अघि बढ्ने बताउँछिन् ।

Advertisements
अरु सम्बन्धित खबरहरु
कमेन्टहरु
Loading...